पुर्व मन्त्री तामाङद्वारा रणनीतिक सडक प्रस्ताव

असार ७, (सिन्धुपाल्चोक) ।
सिन्धुपाल्चोक जिल्ला संघिय निर्वाचन क्षेत्र नम्बर २ का सांसद एवम् पुर्ब कानुन मन्त्री शेर बहादुर तामाङले आफ्नो निर्वाचन क्षेत्रको ” रणनैतिक सडक ” छनौट गरेका छन्।
उक्त सडक भदौरेबाट सुरु भै सिन्धु धुसिनी, कटन्जे,मेलम्ची ,नवलपुर,चौतारा हुदै निर्वाचन क्षेत्र नम्बर १ को नौविसे पुगेर टुगिंने मा. तामाङका स्वकीय सजिव निर्मल बन्जाराले जानकारी दिए।
स्मरण रहोस् देशभरिका १६५ निर्वाचन क्षेत्रमा संघीय सांसदद्वारा छनौट गरिएको प्रत्येक रणनैतिक सडकहरूका लागि आर्थिक बर्ष २०७७/७८ मा रु. २ करोडका दरले रकम विनियोजित गरिएको छ।त्यसै गरि सहायक राजमार्ग अन्तर्गत साखु देखि फट्केश्वर हुदै बाहुनिपाटी सम्मको लागि आगामी बर्षका लागि रु. २० करोड विनियोजन गरिएको छ।पुर्ब प्रधान मन्त्री माधव कुमार नेपाल ,पुर्ब कानुन मन्त्री शेर बहादुर तामाङ,मेलम्ची नगरपालिका मेयर डम्बर अर्याल , संख रापुर नगरपालिका मेयर सुवर्ण श्रेष्ठ लगायत अन्य सरोकारवालाहरुको निरन्तर पहलका कारण बजेट विनियोजन गर्न सम्भव भएको हो।