मेलम्चीमा एकै दिन १८ जनामा कोरोना सङ्क्रमण पुष्टि

रबिन दनुवार
असार ५ मेलम्ची
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा एकै दिन १८ जनामा कोरोना परिक्षण रिपोर्ट पोजिटिभ आएको छ।
मेलम्चीको बाहुनपटिको क्वारेन्टाइनमा रहेको १३ जनामा र मेलम्चीको क्षेत्रीय क्वारेन्टाइनमा बसेका पाँच जनामा गरि १८ जनाको कोरोना परिक्षण रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयका सुचना अधिकारी कृष्ण तिवारीले सिन्धुज्वालालाई जानकारी दिए।
उनका अनुसार दोलखाबाट आएर मेलम्ची क्षेत्रीय क्वारेन्टाइनमा बसेका ८ जना र बाहुनपाटि क्वारेन्टाइनमा बसेका १८ जना गरि जम्मा २६ जनाको स्वाब संकलन गरि असार १ गते परिक्षणकोलागि टेकु प्रयोगशाला पठाएको थियोे ।
उनिहरु कुवेत, भारत , भोजपुरी र दोलखाबाट विभिन्न समयमा आएका थिए।
उनिहरुको रिपोर्ट बिहिबार राति आएको हो।सङ्क्रमितहरु पाचँप‍ोखरी थाङ्पाल गाउँपालिकाका १० जना,हेलम्बु गाउँपालिकाका तीन जना र मेलम्ची नगरपालिकाको पाँच जना रहेका छन्।
कुवेतबाट २९ गते आएका दस महिला मध्ये नौ पहिलामा कोरोना देखिएको हो।त्यस्तै दोलखाबाट जेठ १० मा आएको पाँच पुरुष र भोजपुरबाट जेठ २८ गते आएको चार पुरुषमा कोरोना सङक्रमण देखिएको छ। दोलखाबाट आएका पुरुषहरु पाँचपोखरी गाउँपालिकाका हुन्।उनीहरू मध्ये दुईजनामा यश अघिनै सङ्क्रमण देखिएको थियो ।त्यसै गरि कुवेतबाट आउनेमा हेलम्बु , इन्द्रावती , पाँचपोखरी र मेलम्चीका छन् ।
यो सँगै जिल्लाभरि कोरोना सङ्क्रमितको संख्या २४ पुगेको छ। ती मध्ये एक महिलाको मृत्यु भइसकेको छ। उनी कोरोनाबाट ज्यान गुमाउने मुलुककोनै पहिलो महिला थिइन् । मृत्यु पछि उनको धुलिखेल अस्पतालमा गत बैशाख १ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।एक सङ्क्रमित उपचार पछि निको भएर घर फर्केका छन् ।