बाह्रबिसे नगरपालिकाद्वारा किसानलाई हाते ट्याक्टर

असार ५, बाह्रबिसे (सिन्धुपाल्चाेक) ।
बाह्रबिसे नगरपालिकाले किसानहरूलाई हाते ट्याक्टर वितरण गरेकाे छ । आज नगरपालिकाकाे कृषि शाखा द्वारा कृषकहरुलाई १५ थान हाते ट्याक्टर नगर प्रमुख निमफुन्जो शेर्पाले हस्तान्तरण गरेका हुन । नगरभित्र बाँजाे जमिन नरहाेस भनेर किसानहरूलाई ट्याक्टर वितरण गरिएकाे बाह्रबिसे नगरपालिकाका मेयर निमफुञ्नाे शेर्पाले बताए । ´अब जग्गा बाँजाे राख्न दिनुहुन्न उत्पादनलाई बढाउन पर्छ त्यहि भएर ट्याक्टर बाँडेका हाै`, मेयर शेर्पाले भने । आगामी बर्षमा बाह्रबिसे नगरपालिकाले कृषि उत्पादनमा जोड दिने र त्यसको लागि नगरपालिकाले अनुदानको व्यवस्था गर्ने उनले बताए । त्यस्तै प्रत्येक वडामा कृषकले उत्पादन गरेको कृषि सामाग्री संकलन गर्नको लागि संकलन केन्द्र निर्माण गर्ने योजना समेत रहेकाे उनले बताए । बिदेशबाट रोजगार गुमाएर नेपाल फर्केकाहरुलाई समेत आफ्नै गाउँ घरमा कृषी सम्बन्धि व्यबसायिक खेतीमा जोड दिइ रोजगारको सृजना गर्ने योजना रहेको मेयर शेर्पाले बताए । हाते ट्याक्टर वितरणमा वडा अध्यक्ष, कार्यकारी अधिकृत र कृषि शाखा प्राविधिककाे उपस्थितिमा बितरण गरिएकाे हाे । हाते ट्याक्टर पाएपछि किसानहरू निकै उत्साहित देखिएका छन् ।