पाँचपोखरी थाङपाल गाउँपालिकामा सुविधा सम्पन्न विद्यालय भवन बन्दै (फोटो फिचर सहित)

असार ४, थाङपालधाप (सिन्धुपाल्चोक)
पाँचपोखरी थाङपाल गाउँपालिकाको पहलमा सुविधा सम्पन्न विद्यालय भवन बन्ने भएको छ ।
एसियाली विकास बैंकको सहयोगमा बन्न लागेको आधुनिक सुविधासम्पन्न विद्यालय निर्माणधिन भवनको मंगलबार गाउँपालिका अध्यक्ष टासी लामाले शिलान्यास गरेका हुन ।

तस्विरः विजय पौडेल

पालिका भित्र नमूना शैक्षिक केन्द्र बनाउने बहुउद्देश्य सहित थालनी भएको नयाँ भवनको लागत रहेको छ ।
वडा नम्बर ४ मा रहेको दुई वटा माध्यमिक विद्यालयहरु तथा दुईवटा आधारभूत विद्यालयहरु एकै ठाउँमा एकीकृत गरी थाङ्पाल भ्याली नामकरण गरिएको छ । सो भवन आगमी १८ महिनाभित्र सम्पन्न भइसक्ने गाउँपालिका अध्यक्ष टासी लामाले जानकारी दिए । सुविधा सम्पन्न विद्यालय भवन बनेसंगै शैक्षिक गुणस्तर पनि जिल्लाकै नमुनायाग्य बनाउने पालिका अध्यक्ष लामाले जानकारी दिए । उक्त विद्यालय भवन सम्भवत एशियाली विकास बैकको सबैभन्दा ठूलो लगानी भएको विद्यालय हुन सक्ने अड्कल गरिएको छ ।