क्वारेन्टिन व्यवस्थापनको लागि गाउँसभा सदस्यद्वारा सहयोग

असार ४, ढाँडे (सिन्धुपाल्चोक)
जिल्लाको हिमाली गाउँपालिका जुगलमा रहेको क्वारेन्टिन व्यवस्थापनको लागि सोही गाउँसभा सदस्यले सहयोग गरेका छन् ।
जुगल गाउपालिका वडा नं ६ बाट प्रतिनिधित्व गर्ने गाउँसभा सदस्य गेन्द्र कुमार लामा (आशीष) ले सहयोग गरेका हुन् । जुगलको क्वारेन्टिन व्यवस्थापनको लागि पोलार, तन्ना र सिरानी ४०–४० थान तथा डस्ना २५ थान सहयोग प्राप्त भएको जुगल गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठले जनाकारी दिए । उक्त सामाग्री गाउँसभा सदस्य लामाले हिजो गाउँपालिका अध्यक्ष श्रेष्ठलाई हस्तान्तरण गरेका थिए । विदेशबाट फर्कनेहरुको चाप बढ्दै गएकोले क्वारेन्टिन व्यवस्थापनको लागि सहयोगी दाताहरुको सहयोग निकै महत्वपूर्ण हुने पालिका अध्यक्ष श्रेष्ठले बताए । अध्यक्ष श्रेष्ठले सहयाेगी दाता गाउँसभा सदस्य लामालाई धन्यवाद समेत दिए ।