नेकपा सिन्धुपाल्चोकद्वारा इन्द्रावती गाउँपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण।

रबिन दनुवार
असार ३ नवलपुर (सिन्धुपाल्चोक)
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सिन्धुपाल्चोकले इन्द्रावती गाउँपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ।
पार्टीको तर्फबाट स्थानीय तहलाई केही स्वास्थ्य सामग्री सहयोग गर्ने निर्णय अनुसार ईन्द्रावती गाउँपालिकालाई हस्तान्तरण गरिएकाे साे पार्टीले जनाएकाे छ । स्वास्थ्य सामग्री लिएर गाउँकार्यपालिका पुगेका जिल्ला पार्टी अध्यक्ष झम्क नेपालले इन्द्रावती गाउँपालिका अध्यक्ष वंशलाल तामाङलाई अाज स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुुुन् ।

स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा पार्टीका विभिन्न तहका नेता कार्यकर्ता तथा इन्द्रावती गाउँपालिका कार्यपालिकाका सदस्यहरु प्रशासकीय प्रमुख र स्वास्थ्य एकाइ प्रमुख लगायत सरोकारवालाहरु समेत उपस्थित थिए।
विश्वभर फैलिएर रहेको क‍ोरोना भाइरस (कोभिड -१९) को महामारीले सिङ्गो मुलुकनै अक्रान्त भइरहेको अवस्थामा अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मीहरुलाई सहयोग गर्ने हेतुले स्वास्थ सामाग्री हस्तान्तरण गरिएकाे नेकपाका जिल्ला अध्यक्ष नेपालले बताए । उनका अनुसार वितरण गरिएको स्वास्थ्य सामग्रीहरूमा ५ हजार थान सर्जिकल माक्स, सेनिटाइजर, ग्लोब्स लगायत विभिन्न स्वास्थ्य सामग्री रहेका
छन् ।

स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै अध्यक्ष नेपालले इन्द्रावती गाउँपालिकाले रचनात्मक भूमिका निर्वाह गरेकाे प्रति प्रसन्नता व्यक्त गरे । त्यस्तै नेकपाकाे तर्फबाट अाफ्नाे पालिकालाई स्वास्थ्य सामग्री हस्तातरण गरिएकाे भन्दै पालिका अध्यक्ष तामाङले पार्टी अध्यक्ष नेपाललाई धन्यवाद दिए ।
जिल्लाका सबै पालिकालाई नेकपाले साेही अनुसार सामग्री हस्तान्तरण गरिने नेकपा अध्यक्ष नेपालले जानकारी दिए ।