पुर्व मन्त्री तामाङको विषेश पहलमा डाँठेडाडा गैटार मोटर बाटो बन्दै

रबिन दनुवार
असार १ भोटसिपा (सिन्धुपाल्चोक)
सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका र राष्ट्रिय योजना आयोगको सामुहिक बजेटमा इन्द्रावती १० भोटसिपामा बन्दै गरेको डाँठेडाडा गैटार मोटर बाटो कालोपत्रे हुने भएको छ।
सिन्धुपाल्चोक जिल्ला प्रतिनिधि सभा २ का माननीय एवम् पुर्व कानुन मन्त्री शेर बहादुर तामाङ र नेकपा जिल्ला अध्यक्ष झम्क नेपालको विषेश पहलमा डाँठेडाडा गैटार मोटर बाटो कालोपत्रे हुने भएको हो।
राष्ट्रिय योजना आयोगको चार करोड र इन्द्रावती गाउँपालिकाको थप चार करोड बजेटमा मोटर बाटो कालोपत्रेका लागि यो आर्थिक बर्षमा पाँच करोड ५९ लाखको टेन्डर भएको पुर्व कानुन मन्त्री शेर बहादुर तामाङले सिन्धुज्वालालाई जानकारी दिए।

धुलिखेल निर्माण सेवाले टेन्डर पाएको यो मोटर बाटो आर्थिक बर्ष ०७७/७८ मा छ सय मिटर कालोपत्रे गर्ने योजना रहेको पुर्व कानुन मन्त्री तामाङले बताए ।
उक्त बाटो मध्ये पहाडी लोकमार्ग सँग जोडन्छ। बाटोको कालोपत्रे सँगसँगै स्तर उन्नति समेत गरिने पुर्व कानुन मन्त्री तामाङले बताए।