हाम्रो नेपाल संस्थाद्वारा इन्द्रावती गाउँपालिकालाई स्वास्थ सामग्री हस्तान्तरण

रबिन दनुवार
३१ जेठ नवलपुर सिन्धुपाल्चोक
सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकालाई हाम्रो नेपाल संस्थाले स्वास्थ सामग्री हस्तान्तरण गरेको छ।
हाम्रो नेपाल संस्थाका प्रतिनिधि एवम् युवा समाजसेवी गणेश भण्डारीले इन्द्रावती गाउँपालिका वडा नम्बर १२ का वडा अध्यक्ष कमल रत्न दनुवारलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।
गाउँपालिकालाई पाँच वटा थर्मल गन पाँच वटा पि पि इ सेट हस्तान्तरण गरेको संस्थाका प्रतिनिधि एवम् युवा समाजसेवी गणेश भण्डारीले बताए ।

गाउँपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण मात्र नभई वडा नम्बर १२ मा रहेको अतिविपन्न ७० घर परिवारलाई खाद्यान्न राहत सामग्री समेत वितरण गरेको संस्थाका प्रतिनिधि भण्डारीले बताए ।
उनका अनुसार हाम्रो नेपाल संस्थाका अध्यक्ष प्रेम श्रेष्ठले कोरोना भाइरस (कोभिड १९) रोकथामका लागि भनी अमेरिका देखि पठाएको आर्थिक सहयोगले गाउँपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण र अतिविपन्न ७० घर परिवारलाई खाद्यान्न राहत वितरण गर्न सफल भएको उनले बताए ।