ईन्द्रावती गाउँपालिका अध्यक्षकाे व्यक्तिगत खर्चमा जनप्रतिनिधिको काेराेना बिमा

रबिन दनुवार
जेठ ३१ नवलपुर सिन्धुपाल्चोक
सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका अध्यक्ष वंशलाल तामाङले व्यक्तिगत खर्चमा गाउँपालिकामा रहेको जनप्रतिनिधिहरुको एक लाख बराबरको कोरोना बिमा गरेको छ।
बिश्वब्यापी रुपमा फैलिएर रहेको कोरोना भाइरस अर्थात् कोभिड १९ रोग रोकथामका लागि जोखिम मोलेर काम गरिरहेको जनप्रतिनिधि र कर्मचारीहरुको इन्द्रावती गाउँपालिकाले बिमा कम्पनी सँग सम्झौता गरेको छ।पालिका भित्र रहेको ५७ जना जनप्रतिनिधि र ७२ जना कर्मचारीको बिमा कम्पनी सँग कोरोना बिमा सम्झौता गरेको हो।
बिश्वब्यापी रुपमा फैलिएर रहेको कोरोना भाइरस (कोभिड १९) रोग रोकथामका लागि अग्रपंक्तिमा खटिएका जनप्रतिनिधि र कर्मचारीको मनोबल उच्च बनाइ राख्न उनीहरूको कोरोना बिमा गर्दिएको इन्द्रावती गाउँपालिका अध्यक्ष वंशलाल तामाङले सिन्धुज्वालालाई बताए ।
गाउँपालिकामा रहेको ५७ जना जनप्रतिनिधिहरुलाई आफ्नो व्यक्तिगत खर्चमा कोरोना बिमा गर्दिएको र कर्मचारीहरुको गाउँपालिकामा रहेको कोरोना कोषबाट कोरोना बिामा गरेको अध्यक्ष तामाङले बताए।
उनका अनुसार आइएमई जनरल इन्स्योरेन्समा जनप्रतिनिधि र कर्मचारीहरु गरि एक सय २१ जनाको एक लाख बराबरको एक बर्ष अवधिको कोरोना बिमा गरेको उनले बताए ।
गाउँपालिका र बिमा कम्पनी बिच भएको सम्झौता अनुसार फिल्डमा खटिएर काम गर्ने क्रममा कुनै जनप्रतिनिधि र कर्मचारीलाई कोरोना संक्रमण भएमा बिमा कम्पनीले एक लाख रुपैया सम्बन्धित व्यक्तिलाई उपलब्ध गराउने छ त्यसका लागि संक्रमित व्यक्तिले अनिवार्य रुपमा पिसिआर परिक्षण रिपोर्ट पेश गर्नुपर्नेछ।