भिमटार बगरखेत संरक्षणका लागि कोरिडाेर निर्माण

रबिन दनुवार
जेठ २८ भिमटार (सिन्धुपाल्चोक)
सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका वडा नम्बर १२ भिमटारमा बगरखेत संरक्षणका लागि कोरिडाेर निर्माण कार्य सम्पन्न भएको छ।

वडाको रु.२३ लाख बजेट योजनामा कोरिडाेर निर्माण कार्य सम्पन्न भएको हो।
बर्षायामको समयमा इन्द्रावती नदिको चाप बढेर आउने क्रममा नदि किनारामा रहेको गाउलेले भोकचलन गरि आएको बगरखेत बगाउन सक्ने समस्या भएकोले बगरखेत संरक्षणका लागिनै कोरिडाेर निर्माण गरिएको इन्द्रावती गाउँपालिका वडा नम्बर १२का वडा अध्यक्ष कमल रत्न दनुवारले सिन्धुज्वालालाई जानकारी दिए।
भिमटार बगरखेत संरक्षणका लागि २३ लाखको बजेट योजनामा कोरिडाेर निर्माण सम्पन्न भएको अध्यक्ष दनुवारले बताए ।
उनका अनुसार कोरिडाेर निर्माण योजना असार मसान्तसम्म सम्पन्न गरि सक्नु पर्नेमा जेठ २६ भित्र निर्माण सम्पन्न गरिसक्नु पर्नेछ ।