तरुणदलका जिल्ला नेताद्वारा ७०० परिवारलाइ खाद्य सामग्री वितरण

जेठ २९, सिन्धुपाल्चोक ।
सिन्धुपाल्चोक तरुण दलका सभापति दोर्जे लामा र युवा ब्यापारी तथा महाधिबेशन प्रतिनिधि संजय लामा द्वारा ७०० सय परिवारलाई खाद्यय सामग्री प्रदान गरेका छन् । जिल्लाका दुई नेताले आफ्नै लागतमा सिन्धुपाल्चोकबाट आएर काठमाण्डौमा डेरा गरि बसेका चुल्है बल्न मुश्किल परिवारलाई खाद्यन्न सामग्री वितरण गरिएको तरुणदल सिन्धुपाल्चोकमा सभापति दोर्जे लामाले सिन्धुज्वालाई बताए । उनका अनुसार खाद्यसामग्री पाउनेमा दैनिक ज्याला मजदुरी गर्ने, विभिन्न अपांगता भएका, पिपन्न परिवार लगाएतका ७०० परिवारलाई वितरण गरिएको हो । जसमा उक्त परिवारहरुलाई पायक पर्ने स्थान नामग्याल, गोकर्ण, स्वयम्भु, जोरपाटी लगायतका ठाउँ सम्म लगि करीब एक महिना सम्म पुग्ने राहत सामाग्री वितरण गरेको अध्यक्ष लामाले जानकारी दिए । ’लकडाउनको समयमा सिन्धुपाल्चोकबाट आएर काठमाडौंमा बसोबास गर्ने विपन्न परिवारलाई एक महिनाको लागि पुग्ने खाद्य सामग्री वितरण गरेका हौं‘, जिल्ला अध्यक्ष लामाले भने । मुलुकभर कोभिड–१९ ले समस्याग्रस्त बनाईरहेको सन्दर्भमा लकडाउनका कारण झनै मजदुर तथा विपन्न परिवार खाद्यन्नको कारण बिचल्लीमा परेको उनले बताए । लकडाउनको विकल्प सरकारले व्यवस्था गर्नुपर्ने जिकिर गर्दै नेता लामाले सर्वसाधरण जनताको लकडाउन झनै कष्टकर भएको बताए । सरकारी तवरबाट दैनिक ज्याला मजदुरी र गरि खाने समुदाय, बिपन्न वर्ग लगाएतका जनता सामु राम्रो राहत तथा उचित बास स्थानको व्यवस्था गर्न नसक्दा मान्छे लामो दुरीसम्म हिडेरै यात्रा गर्न बाध्य भएको उनले बताए ।

यसैगरी निम्नस्तरका वर्गलाई सरकारले गरेको राहत वितरण नपुग्दा विभिन्न ठाउमा स्वयंसेवकहरुले बिपन्न बर्गलाई भोजन गराउने लक्ष्यले शिबिर संचालन गरि बिहान बेलुकाको खाना खुवाएको नेपाली कांग्रेसका महाधिवेशनका प्रतिनिधि संजय लामाले बताए । उक्त शिविरको लागि नेताद्वोयले व्यक्तिगत रुपमा आर्थिक तथा खाद्यान्न सहयोग गरेका थिए । उक्त राहत वितरण पछि चुल्है बल्न मुश्किल भएका सर्वसाधारण निकै उत्साहित भएका छन् । उनीहरुले नेताद्वोयलाई धन्यवाद समेत दिए । यतिबेला कोरोनाको संक्रमणबाट बच्न आफंै सजग र संयमित हुन दुई नेताले सिन्धुबासीलाई आग्रह समेत गरे ।