त्रिपुरासुन्दरीद्वारा दृघरोगीहरुलाई निशुल्क औषधी

पिस्कर (सिन्धुपाल्चोक) । जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिकाले पालिकामा रहेका दृघरोगीहरुलाई निशुल्क औषधी वितरण गरेको छ ।
मुलुकभर लकडाउन भईरहेको सन्दर्भमा दैनिकी औषधी सेवन गर्ने दृघरोगीहरुलाई निशुल्क औषधी उपलब्ध गराईएको त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्ष भुपेन्द्र श्रेष्ठले सिन्धुज्वालालाई बताए ।

‘दृघरोगीहरुलाई लकडाउनको अवस्थामा औषधी जोहो गर्न कठिनायी छ त्यसकारण उहाँहरुलाई निशुल्क औषधी वितरण गरेका हौं’, पालिका अध्यक्ष श्रेष्ठले भने । उनका अनुसार पालिकाको ३ लाख ५० हजार रकमबाट ३ सय दृघरोगीहरुलाई औषधी वितरण गरिएको हो । आगमी एकमहिनाका लागि पालिकाद्वारा निशुल्क औषधी पाएका दृघरोगीहरुमा मुटु, दम, प्रेसर र सुगर लगाएतका छन् । पालिकाले दृघरोगीहरुलाई हिजो औषधी वितरण गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
यसअघि पालिकाले चुल्हो बल्नै मुश्किल परेका विपन्न नागरिक र मजदुरलाई खाद्यन्न उपलब्ध गराईएको गाउँपालिकाले जनाएको छ ।