जातीय भेदभाव तथा छुवाछुत अन्त्यको लागि अवको बाटो

राम शरण वि.क.rbk.sindhu5@gmail.com

नेपाल २०६३ जेष्ठ २१ गते छुवाछुत राष्ट्रको रुपमा घोषण भएको थियो । संविधानसभाद्धारा प्रगतीशिल संविधान बनेर स्थानीय, प्रदेश तथा केन्द्र गरी तीनतहको सरकार मार्फत कार्यान्वयन भइरहेको अवस्थामा रहेको छ । देशमा ठूलो राजनितिक परिवर्तन भएको छ तर समाजमा छुवाछुत तथा जातीय विभेदका मानव विरोधि घटनाहरु घटिरहेका छन् । यसको पछिल्लो उदाहरण हो, रुकूम पश्चिममा विभत्स रुपमा नवराज वि.क. लगायत ६ जनालाई कुटि–कुटि भेरी नदिमा फालेर जुनखालको विभत्स हत्या गरियो त्यसको घोर भत्सर्ना गर्न आवश्यक छ । हाम्रो देश नेपाल विश्वमा छुवाछुत तथा सवै किसिमका जातीय विभेद नभएको देशको रुपमा संयुक्त राष्ट्रसंघमा दर्ज भएकोले रुकुम घटनाको कारण हाम्रो वलियो सरकार र पुरै देशले विश्व सामु लाजले सिर निहुराउनु पर्ने बाध्यता भएकोेछ । नेपालको संविधानले सबै किसिमका विभेदहरुको अन्त्य गरेको छ । नेपाल सरकारले २०६३ साल जेष्ठ २१ गतेबाट देशलाई छुवाछुत मुक्त मुलुकको रुपमा घोषण गरेको छ । जातीय छुवाछुत कसुर तथा सजाय ऐन २०६८ ले छुवाछुतलाई जघन्य अपराधको रुपमा परिभाषित गरेको छ । देशमा २०५२ सालबाट सञ्चालन भएको महान जनयुद्धले जातीय भेदभाव तथा छुवाछुतलाई केही हदसम्म न्युनिकरण गर्न भूमिका खेलेको थियो । तर हाल समाजमा छुवाछुतका घटनाहरु दिनप्रतिदिन घटिरहेका छन् । समाज पुनः पछाडि फर्कन थालेको भान हुन थालेको छ ।
रुकुमपश्चिमको घटनाको कारण कोरोना महामारीको चपेटामा फसेको समयमा पुनः जातीयय विभेदको चर्चा परिचर्चा सडक देखि संसदमा पनि चलि रहेको छ । यस घटनालाई लिएर विभिन्न कोणबाट तर्क कुतर्क भईरहेका भेटिन्छ । सो घटना जातीय कारणबाट भएको हैन भनि संसदमा ढाकाछोप गर्न खोजेको पनि देखियो । तर गृहमन्त्रालय मार्फत गठित छानविन समितीले सो घटना जातीय कारणबाट भएको हो भनि प्रतिवेदन बुभाइ सकेकोले तर्क विर्तकगरी समय वर्वाद गर्नुको कुनै अर्थ रहदैन । अब यो दलित समुदायको मात्रै विषय नभई समाज रुपान्तरण तथाविकासको लागिबाधकको रुपमादलित, गैरदलिततथा समग्र देशकै प्राथमिकताको विषयभएकोले अन्तराष्ट्रिय स्तरमा देशले गरेका प्रतिवद्धता, सन्धि सम्झौताहरु, नेपालको संविधान २०७२, हाल सम्मबनेकाकानुनतथानितीनियमहरुको प्रावधानअनुसार सवै किसिमकाविभेद तथाजातिय छुवाछुत जस्तो मानवविकासको अवरोधको रुपमा रहेको कुसंस्कारलाई दिर्घकालिन रुपमा जरैबाट उखेलेर फाल्नको लागि नेपाल सरकार, प्रदेश सरकार, स्थानिय सरकार, सरकारी संयन्त्रहरु, राजनैतिक पार्टीहरु, गैरसरकारी संघ संस्थाहरु, नागरिक समाजतथा सवै सरोकारवालाहरु योजनाबद्ध रुपमालाग्नआवश्यक देखिन्छ ।
नेपालले अन्तराष्ट्रिय स्तरमाकुनै किसिमले जातिय भेदभाव नरहेको प्रतिबद्धता जनाइसकेकोछ । फलस्वरुपदिनप्रतिदिन छुवाछुतको जघन्य घटना घटिरहदापनिजातिय भेदभावतथा छुवाछुत अन्त्यकालागि नेपाल सरकारतथा राष्ट्रिय तथाअन्राष्ट्रिय संघ संस्थाहरुले कुनै किसिमको कार्यक्रमहरु सञ्चालन गरेको देखिदैन । दलितअभियानकर्मी,दलितसंघ संस्थावा राजनितिक पार्टीकादलितभातृ संगठनहरुले मात्र यस विषयमाआवाज उठाएको देखिन्छ । राजनितिक पार्टीहरुले चुनावको नजिकमात्रजातिय भेदभावको विषयमावोलेको देखिन्छ । अत जसरी नेपाल सरकार, प्रदेश सरकार, स्थानिय सरकार तथा राष्ट्रिय अन्तराष्ट्रिय संघ संस्थाहरुले आफ्नो कार्यक्रममाजातियविभेद तथा छुवाछुत न्युनिकरणका क्रियाकलाहरुलाई अनिवार्य रुपमा समावेस गर्नु पर्ने बाध्यकारी व्यवस्थागर्नु पर्ने देखिन्छ । केन्द्रिय सरकार, प्रदेश सरकार तथा स्थानियतहहरुले अनिवार्य रुपमावार्षिक नितीतथाकार्यक्रमवनाई वजेटको व्यवस्था गरी जातियविभेद न्युनिकरणको लागिकार्यक्रम संचालनगर्नु पर्ने अवस्थाको लागिनितीगतव्यवस्थागर्नु आवश्यक छ । त्यसै गरी राष्ट्रिय तथाअन्तराष्ट्रिय संघ संस्थाहरुले कार्यक्रम स्वीकृत गर्दारुपमाजम्माकार्यक्रमवजेटको कम्तिमा१५% वजेट अनिवार्य रुपमाजातियविभेद तथा छुवाछुत न्यनिकरण कार्यक्रमको लागिविनियोजन गरि कार्यक्रम सञ्चालनगर्न नितीगतव्यवस्थागर्न नेपाल सरकारले आवश्यकपहलगर्न आवश्यक देखिन्छ । त्यसै गरी रानितिक पार्टीहरुले पनिचुनावको वेलामामात्रभन्दापनिअन्य समयमापनि यस विषयमाजागरण पुर्ण अभियान सञ्चालनगर्न आवश्यक देखिन्छ ।
अर्को तर्फ जातियविभेदका घटनाहरु जानकारकिो कमीकाकारण दर्ता नगर्ने र यदिदर्ता भई हाले पनि सामाजिक सद्भावविग्रने बाहानामामिलापत्र गराउने तिर लाने गरेको देखिन्छ । जातियविभेदका घटनाहरुलाई संचार माध्यमहरुले पनिखासै स्थानदिएको पाइदैन । त्यसै गर्दा अवकादिनहरुमाजातिय छुवछुतका घटनाहरुलाई संचार माध्यमहरुले उचित स्थानदिएर बाहिर ल्याउनपहलगर्नु पर्ने आवश्यक छ । यि घटनाहरुको सजिलै उजुरी दर्ता गर्ने र दर्ता भएकाउजुरीहरुको कानुनीउपचारको लागिप्रहरी कार्यालयमादलित सेलको स्थापना गरी कार्यान्वयनगर्नु अतिआवश्यकभएकोछ । यसको लागि सम्बन्धितपक्ष सवैको ध्यानजानआवश्यक देखिन्छ ।