शिक्षकहरुले दिए जिल्ला प्रशासनमा ज्ञापनपत्र

चौतारा (सिन्धुपाल्चोक) । लिंसखुपाखरका शिक्षक कृष्णबहादुर श्रेष्ठलाई स्थानीयले र्दुव्यवहार गरेको भन्दै शिक्षक संगठनहरुले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् । र्दुव्यवहारमा परेका शिक्षक लिसंखुपाखर गाउँपालिका–२ बुद्वोदय माध्यामिक विद्यालयका प्रधानध्यापक हुन् । प्रअ श्रेष्ठलाई जेठ २१ गते विद्यालय भवन निर्माणको सिलसिलामा विवाद भएपछि स्थानीय केही व्यक्तिहरुले मार्ने सम्मको धम्की दिंदै र्दुव्यवहार गरेपछि शिक्षकहरुले हिजो जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको एकीकृत अखिल नेपाल शिक्षक संगठनका बागमती प्रदेश सदस्य राजकुमार यादवले सिन्धुज्वालालाई जानकारी दिए । उनका अनुसार ज्ञापनपत्र बुझाउनेमा नेपाल शिक्षक माहासंघ र माध्यामिक विद्यालय प्राध्यापक समाज सिन्धुपाल्चोक रहेका छन् ।
मुलुकभर कोभिड–१९ को माहामारी चलिरहेको सन्दर्भमा सामन्य सामन्य विषयलाई लिएर शिक्षकमाथि गालीगलौज र धम्कीपूर्ण तरिकाले र्दुव्यवहार गर्नु अमानवीय भएको प्राध्यापक समाजका जिल्ला सचिव समेत रहेका सिद्विगणेशका प्रध्यानध्यापक यादबको ठहर छ । जिल्ला प्रशासनमा ज्ञापनपत्र बुझाएसंगै प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाले छानबीन गरेर दोषी माथि कारबाही गरिने बचन दिएको उनले बताए ।
ज्ञापनपत्र बुझाउन नेपाल शिक्षक माहासंघका जिल्ला अध्यक्ष ध्रुबराज गिरी र प्राध्यापक समाजका जिल्ला अध्यक्ष राधाकृष्ण श्रेष्ठ लगाएत शिक्षकहरु गएका थिए ।

यस्तो छ प्रेस वक्तव्य