प्राधिकरणको ईन्टेकमा मृत लाश भेटियो

लामोसाँघु (सिन्धुपाल्चोक)। नेपाल विद्युत प्राधिकरण सुनकोशीको ईन्टेकमा एक मृतकको लाश भेटिएको छ । सुनकोशी गाउँपालिका –७ स्थित रहेको नेपाल बिद्युत प्राधिकरण सुनकोशी जलविद्युत केन्द्रको ईनटेक गेटमा नियमित रुपमा गरीने ट्रयास र्याक सफा गर्न नहर शट डाउन गरि सफा गर्ने क्रममा मृत लाश फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरिक्षक माधब काफ्लेले जानकारी दिए ।
मृत लाश रहेको भन्ने सूचना प्राप्त हुन साथ जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरिक्षक नवराज न्यौपानेको कमाण्डमा ५ जना रप्रहरी चौकी लामोसाघुबाट प्रहरी नायब निरिक्षकको कमाण्डमा टोली खटाईएको प्रनाउ काफ्लेले बताए । उक्त मृतक लाश बलेफी गाउँपालिका–८ का ३० वर्षीय मनोज केसीको भएको पाईएको उनले बताए । दुई दिन अगाडीको जस्तो देखिन्ने मृत लाशमा सामान्य बाहिरी घाउचोट देखिएकोले जाँच मुचुल्का लगायतका अनुसन्धान कार्य भईसकेको र अब थप अन्य अनुसन्धान गर्ने कार्य जारी भईरहेको प्रनाउ काफ्लेले जानकारी दिए ।