सिन्धुपाल्चोकमा थपीय एक संक्रमित, जिल्लाभर भोली देखी झन कडाई

२५ जेठ, चौतारा (सिन्धुपाल्चोक) । सिन्धुपाल्चोकमा थप आज एकजनामा कोरोना संक्रमण देखिएको पुष्टि भएको छ ।
राष्ट्रिय प्रयोगशाला टेकुद्वारा गरिएको पिसिआर परिक्षणमा सिन्धुपाल्चोकको मेलम्चीमा रहेको क्वारेन्टाईनमा बसेका एक व्यक्तिमा पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुर्गादत्त चापागाँईले सिन्धुज्वालालाई बताए । ‘आज सिन्धुपाल्चोक थप एकजनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ’, स्वास्थ्य प्रमुख चापागाँईले भने । स्वास्थ्य प्रमुख चापाँगाईका अनुसार मेलम्चीको क्वारेन्टाईनमा बसेका ति व्यक्तिको केही दिन अघि स्वाब नमुना संकलन गरी प्रयोगशालामा परिक्षणको लागि पठाईएको थियो । जसमा पिसिआर रिपोर्ट पोजेटिभ आएको हो । भारतबाट आएका मेलम्चीका ती व्यक्तिलाई १४ दिन देखि मेलम्ची क्षेत्रीय क्वारेन्टाईनमा राखिएको थियो । पिसिआर रिपोर्ट पोजेटिभ आएपनि ति व्यक्तिलाई मेलम्चीमै राखेर उपचार थालिने चापागाँईले बताए । उनी संगै जिल्लामा कोरोना संक्रमित हुनेको संख्या ३ पुगेको छ । यसअघि बाह्रबिसेकी पहिलो संक्रमित महिलाको मृत्यु भईसकेको छ भने दोस्रो ईन्द्रावती गाउँपालिकाको एक व्यक्तिलाई काठमाडौं लगिएको छ । तेस्रो संक्रमित भेटिएसंगै उनीसंग सम्पर्कमा रहेका व्यक्तिहरुको खोजीनीति भईरहेको चापागाँईले बताए ।
यसैबीच सिन्धुपाल्चोकले भोली देखि जिल्लाभर लकडाउनलाई थप कडाई गर्ने भएको छ । दुईदिन देखी जिल्लाका मुख्य बजारहरुमा मानिसहरुको चहलपहल तथा होटल तथा व्यापार व्यवसाय अचानक खोल्न थालेपछि जिल्ला विपद् कोरोना नियन्त्रण तथा व्यवस्थापन समिति (डिसिएमसी) को बैठकले भोलीबाट कडाई गर्न लागिएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले सिन्धुज्वालाई जानकारी गराए । ‘हल्लाको पछि लागेर बजारहरुमा अनाबश्यक मानिसहरुको भिड हुनथाल्यो बजार पनि खुलेको पाईयो अब हामी तुरुन्तै नियन्त्रणमा लिन्छुौं’, प्रजिअ ढकालले भने । लकडाउनलाई पूर्व अवस्थाकै झै कार्यान्वयन गर्ने उनले दोहो¥याए । विपद् व्यवस्थापन समितिको बैठक आज बसेको हो । सरकारले लकडाउनलाई केही खुकुलो बनाउँदै छ भन्ने भ्रमका आधारमा पसलहरु खोलिने तथा मानिसको भिडभाड हुन नदिने प्रजिअ ढकाल प्रतिवद्वता जनाए ।