वडा कार्यालयद्वारा किसानलाई सौलियतमा मल र बिउ वितरण

चौतारा (सिन्धुपाल्चोक) । चौतारा साँगाचोकगढी नगरपालिकाको वडा नम्बर ९ ले किसानलाई सौलियत दरमा मल र बिउ वितरण गरेको छ ।
वडा कार्यालयले स्थानीय सहिकारी मार्फत किसानलाई रासायनिक मल र बिउ सौलियत दरमा दिन सहजीकरण गरेको वडा अध्यक्ष बिष्णु लामाले जानकारी दिए । मुलकभर कोरोना कारण लकडाउन भईरहेको अवस्थामा किसानहरु बजार जान नसक्ने भएपछि वडा कार्यालयले सहजीकरण गरेको उनले बताए ।
किसानलाई सहजीकरण गरिएको मलबिउमा सहकारीले नाफा खाना नपाउने डिलरकै भाउमा उपलब्ध गराईएको उनले बताए ।

उनका अनुसार बजारमा एकहजार ५० प्रति बोरा डिएपी मलको रहेपनि किसानलाई ८ सय ५० मै उपलब्ध गराईएको हो । त्यस्तै डिवाई अठ्ठाईस बजार भाउ ८ सय ७५ रहेकोमा डिलरकै भाउ अनुसार ७ सय ७५ र शंखर धान ४ सय ८० मा उपलब्ध गराईएको हो । ढुवानी भाडा वडा कार्यालयले व्योहोर्ने गरी वडाका सबै किसानलाई वितरण गर्न लागिएको उनले बताए । बजारमा रासायनिक मलको अभावका कारण वितरण हुन बाँकी किसानलाई समेत सौलियत दरमा रासायनिक मल वितरण गरिने उनले बताए ।