मेलम्चीमा थप क्वारेन्टाइन निर्माण

रबिन दनुवार
जेठ २१ मेलम्ची (सिन्धुपाल्चोक )
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्बर १२ बाहुनेपाटीमा थप क्वारेन्टाइन निर्माण गरिएको छ।
बाहुनेपाटीमा रहेको जाल्पादेवी माध्यमिक बिद्यालयलाई थप क्वारेन्टाइनको रुपमा सञ्चालनमा ल्याईयको हो।
६० वटा बेड राखि बाहुनेपाटीमा रहेको जाल्पादेवी मा. बि. लाई क्वारेन्टाइनको रुपमा सञ्चालनमा ल्याइएको मेलम्ची नगरपालिका अध्यक्ष डम्बरबहादुर अर्यालले सिन्धुज्वालालाई जानकारी दिए।
छिमेकी देश भारतमा कामको सिलसिलामा गएका मेलम्ची घर भएका नागरिकहरु मेलम्ची छिर्ने क्रम बढेकोले मेलम्चीमा निर्मित क्वारेन्टाइनमा नागरिकहरु राख्ने ठाउँ नभएकोले तुरुन्तै बाहुनेपाटीमा थप क्वारेन्टाइन निर्माण गरिएको अध्यक्ष अर्यालले बताए।
मेलम्ची नगरपालिकाबाट कामको सिलसिलामा बाहिरिएका नागरिकका संख्या लगभग २५० रहेका छन्। ती नागरिकहरुको नगर प्रबेश गर्ने क्रम बढेको हुदा कोरोना भाइरस को जोखिम हुने भएकाले बाहुनेपाटीमा मात्र नभई अन्य ठाउँमा पनि थप क्वारेन्टाइन निर्माणको योजना भईरहेको अध्यक्ष अर्यालले बताए ।