क्वारेन्टाइनमा राखिएको एक व्यक्तिको पिसिआर रिपोर्ट पोजेटिभ

रबिन दनुवार
जेठ २१, मेलम्ची (सिन्धुपाल्चोक)
सिन्धुपाल्चोकको मेलम्चीमा निर्माण गरिएको क्षेत्रीय क्वारेन्टाइनमा राखिएको एक व्यक्तिको पिसिआर रिपोर्ट पोजेटिभ आएको छ।
इन्द्रावती गाउँपालिका वडा नम्बर १० भोटसिपाका ३२ बर्षिय पुरुषको पिसिआर रिपोर्ट पोजेटिभ आएको हो।
पि सि आर रिपोर्ट पोजेटिभ आएको व्यक्ति छिमेकी देश भारत बाट आएको थियोे । ती व्यक्तिहरुलाई गाउँपालिका प्रवेश गर्ने सिमानाका देखि जेठ १३ गतेनै मेलम्चीको क्षेत्रीय क्वारेन्टाइनमा पठाएको इन्द्रावती गाउँपालिका अध्यक्ष बंशलाल तामाङले सिन्धुज्वालालाई जानकारी दिए।
क्वारेन्टाइनमा राखिएको पाँच व्यक्तिको स्वाब परिक्षण गरिएकोमा भोटसिपामा घर भएकाा ३२ बर्षिय पुरुषको रिपोर्ट पोजेटिभ आएको अध्यक्ष तामाङले बताए ।
उनका अनुसार पिसिआर रिपोर्ट पोजेटिभ आएको व्यक्तिलाई उपचारकालागि टेकु अस्पताल लैजाने व्यवस्था गरिएको उनले बताए ।
कोरोना भाइरस सङ्क्रमण नेपालमा पनि बढ्दो रुपमा देखिन थालेको हुनाले लकडाउको पुर्ण पालना गरि घरमै बसि सुरक्षित र सतर्क रहन अध्यक्ष तामाङले सम्पूर्ण गाउँपालिका बासिलाई अनुरोध समेत गरे ।