स्वाब नमुना लिएसंगै मृतककाे दाहासंस्कार गर्न अनुमति
चाैतारा (सिन्धुपाल्चोक) । चाैतारा साँगाचाेकगढी नगरपालिका-१३ का मृत्यु भएका एक वृद्धकाे स्वाब नमुना लिएसंगै दाहासंस्कार गर्न अनुमति पाएका छन् ।
एक महिना अघि १४ दिन क्वारेन्टाइनमा बसेका ती वृद्धकाे गएराती अचानक मृत्यु भएकाे थियाे ।
अाज बिहान बसेकाे जिल्ला विपद् न्युनिकरणा तथा व्यवस्थापन समिति (डिसिएमसी)काे बैकले मृत्युको नमुना स्वाब लिएपछि परिवारका सदस्यलाई दाहासंस्कार गर्न अनुमति दिईएकाे जिल्ला समन्वय समितिका प्रमुख कृष्णगाेपाल तामाङले जानकारी दिए ।
मृतककाे स्वाब परिक्षण अाउन अझै केही दिन कुर्ननु पर्ने भएका कारण सुरक्षित रहन समेत अाग्रह गरिएकाे उनले बताए ।
स्थानीयका अनुसार सामन्य अवस्थामा रहेका वृद्ध हिजाे बेलुका अचानक मुटु दुःखेपछि स्थानीय धामीमा समेत लगिएकाे थियाे । त्यसपछि काेठडाँडामा रहेकाे स्थानीय स्वास्थ्यचाैकीमा उपचार्थ लैजादै गर्दा मृत्यु भएकाे पारिवारिक स्राेतले बताएकाे छ ।
मृतक काेराेनाकाे कारण नभई हृदय घातका कारण हुनसक्ने स्थानीयकाे भनाई छ ।
यसैबीच मृतककाे शव अाज नै परिवारले बुझी दाहासंस्कार गरिएकाे वडाअध्य रामप्रसाद गाैतमले जानकारी दिए ।