
१८९ जनाकै रिपोर्ट नेगेटिभ, वडामा लगाईएको सिल तोडियो

जेठ १०, चौतारा (सिन्धुपाल्चोक) । जिल्लाको बाह्रबिसे लगाएत स्थानमा आईतबार ,सोमबार र मंगलबार नमुना संकलन गरिएका स्वाब परिक्षणमा सबै रिपोर्ट नेगेटिभ आएको छ । शुक्रबार १ सय ३३ जनाको रिपोर्ट नेगेटिभ आएसंगै कुल १ सय ८९ जनाको रिपोर्ट नेगेटिभ आएको हो । बुधबार ५४ जनाको र पछि दुईजनाको रिपोर्ट नेगेटिभ आएको थियो । संक्रमित भएर निधन भएकी मृतक महिलासंग सम्पर्कमा रहेका १ सय ८९ जनाको नमुना स्वाब संकलन गरिएको थियो । बाँकी ६ जनाको भने रिपोर्ट आउन बाँकी रहेको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख दुर्गादत्त चापागाईले सिन्धुज्वालालाई बताए ।
उनका अनुसार रिपोर्ट आउन बाँकी सुनकोशी गाउँपालिकाको हो । ‘१३३ जनाकै रिपोर्ट नेगेटिभ आएको भन्ने खबर प्राप्त भएको छ, आधिकारिक भने आएको छैन’, जनस्वास्थ्य प्रमुख चापागाईले भने ।
कोरोनाकै कारण धुलिखेलमा ति महिलाको मृत्यु भएको पुष्टि भएपछि उनको सम्पर्कमा रहेका एक सय ८९ को स्वाब नमुना संकलन गरिएको थियो । चालकदेखि, छिमेकी, स्थानीय र स्वास्थ्यकर्मीसहित सो संख्यामा स्वाब संकलन गरिएको हो । संक्रमण फैलन नदिन उनको घर गाउँमा कन्ट्राक्ट टे«सिङ गर्दै स्वाब नमूना संकलन गरिएको थियो । शुक्रबारको रिपोर्ट आएसंगै बाँकी रहेका ६ जनाको पनि रिपोर्ट आउने जिल्ला जनस्वास्थ्य प्रमुख चापागाँईले जानकारी दिए ।
यसैबीच नेपालमै पहिलोपटक कोरोनाको कारण बाह्रबिसे सिन्धुपाल्चोककी एक महिलाको मृत्यु भएसंगै सिल गरिका ३ वडा फुकुवा गरिएको छ ।
सम्पर्कमा रहेका व्यक्तिहरुको नमुना स्वाब संकलनमा सबैको रिपोर्ट नेगेटिभ आएसंगै उक्त वडाहरुमा गरिएको सिल (बन्दाबन्दी) हटाईएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसी माधव काफ्लेले जानकारी दिए ।
ती तीनवटा वडा बाह्रबिसे नगरपालिकाको ९, बलेफी गाउँपालिकाको ७ र ८ रहेका थिए । सिल गरिएका वडाहरुको जनजीजन सामन्य बन्दै गएको प्रनाउ काफ्लेले बताए ।