विपद् व्यवस्थापनमा दुई सहकारीबाट ४० हजार सहयाेग

चाैतारा ( सिन्धुपाल्चाेक) । चाैतारा साँगाचाेकगढी नगरपालिका -१३का दुई सहकारी संस्थाले वडास्तरीय विपद् व्यवस्थापनमा ४० हजार सहयाेग गरेका छन् ।
ठूलाेसिरूवारी १३ नम्बर वडाले काेराेना संक्रमणकाे बेलामा अाउने भैपरि खर्चमा सहयाेग पुग्ने हिसाबले स्थापना गरेकाे विपद् काेषमा दुईसहकारी २०-२० हजार सहयाेग गरेकाे वडाअध्यक्ष रामप्रसाद गाैतमले जानकारी दिए । सहयाेग गर्ने उक्त सहकारी अालाेपालाे बचत तथा ऋण सहकारी र सानाकिसान कृषि सहकारी रहेका छन् । ती अलवा व्यक्तिले समेत विपद्काेषमा सहयाेग गरेकाे वडाअध्य गाैतमले बताए । वडा सदस्य लिलाबहादुर गिरीका अनुसार हालसम्म उक्त काेषमा हालसम्म डेडलाख संकलन भएकाे उनले बताए । गिरी सहयाेगी संस्था अालाेपालाेकाे प्रवन्ध निर्देश हुन् । उनकै पहलमा सहकारीले विपद् काेषमा सहयाेग भएकाे हाे । काेराेनाकाे माहामारीकाे बेला भाेली अाउने भैपरी समस्यालाई सहयाेग पुगाेस भन्ने हेतुले अाफ्नाे सहकारीले सहयाेग गरेकाे सानाकिसान कृषि सहकारीका अध्यक्ष कुलप्रसाद दाहालले बताए ।