माझीहरु भन्छन् -´रोगले भन्दा पहिले भोकले मर्ने भईयो`

रबिन दनुवार
जेठ ९ ढोँटार (सिन्धुपाल्चोक )
विश्वभर महामारीको रुपमा फैलिएर रहेको कोरोना भाइरस अर्थात् (कोभिड १९) रोग रोकथामका लागि नेपाल सरकारले गरेको लकडाउनका कारण इन्द्रावती गाउँपालिका वडा नम्बर १२ ढोटारमा रहेको माझी बस्तीलाई गहिरो प्रभाव परेको छ।
दैनिक ज्यालादारी गरि बिहान कमाएर बेलुका खाने स्थितिमा रहेको माझी बस्तीलाई लकडाउन भए सँगै ज्यालादारी गर्न नपाए पछि खाद्यान्न संकट परेकोले गर्दा माझी बस्तीलाई लकडाउनले गहिरो प्रभाव पारेको हो।
दैनिक ज्यालादारी गरि जीवनयापन गर्दै आएका माझी समुदाय लकडाउन पछि ज्यालादारी गर्न नपाएपछि खाद्यान्न संकट परेकोले भोक भोक‌ै बस्न पर्ने स्थिति समेत सिर्जना भएको माझीहरु बताउँछन्।
इन्द्रावती गाउँपालिका वडा नम्बर १२ का वडा अध्यक्ष कमल रत्न दनुवारले माझी बस्ति मात्र नभइ सिङ्गो वडाकोनै अतिविपन्न घरको तथ्यांक संकलन गरि राहत वितरणको तयारीमा लागिरहेका छौँ भनेता पनि अतिविपन्न माझी बस्तीको तथ्यांक संकलन गरेको लगभग एक महिना हुदा समेत खाद्यान्न राहत सामग्री उपलब्ध नगरेको स्थानीय पातली माझीले सिन्धुज्वालाई जानकारी दिईन ।
माझीले दैनिक ज्यालादारी गरि जीवनयापन गर्दै बिहान कमाई बेलुका खाने स्थितिमा रहेका हामी लकडाउनले गर्दा ज्यालादारी गर्न नपाए पछि खाद्यान्न संकट भएकोले चुल्है बाल्न समेत मुस्किल परेको बताईन ।
महामारी आउनु अगावै ज्यालादारी गरि जोहो गरेर राखेको खाद्यान्न पनि सकिएकोले लकडाउनले गर्दा ज्यालादारी गर्न नपाए पछि खाद्यान्न संकट परेकोले भोक भोकै बस्नुपर्ने स्थिति समेत सिर्जना भएको सन्त बहादुर भाझीले बताए ।
खाद्यान्न अभावका कारण रोगले त मरिएला नमरिएला तर भोकलेचै मर्न पर्ने अबस्था समेत सिर्जना भएको माझीले बताए।