
लकडाउनका मिहिनेती किसान !

चाैतारा (सिन्धुपाल्चाेक) । चाैतारा साँगाचाेकगढी नगरपालिका-१३ का गुणबहादुर गिरी ६ नबज्दै काँक्राकाे डाेकाे बाेकेर नजिकैकाे बजार पुगिसक्छन् ।
मुलुकभर लकडाउन जारी रहेर व्यवसाय समेत ठप्प रहेकाे अवस्थामा गुणबहादुरलाई भने एकछिन फुर्सद छैन् ।
घर नजिकै उनले करिब २ राेपनीमा तरकारी व्यवसाय गरेका छन् । काँक्रा, गाेलभेँडा, फर्सी र वाेडी लगाएत तरकारी व्यवसाय थालेका गुणबहादुरका यतिबेला लठरम्मै काँक्रा फलेका छन् । कम विषादिकाे प्रयाेग गरेका उनले प्राय गाईबस्तुकाे मलमुत्र लगाएत घरेलु अाैषधीकाे प्रयाेग गरेकाे बताउँछन् । उनले फलाएका काँक्रा अग्राईनिक तथा स्वादिष्ट भएपछि घरमै ग्राहक प्रतिकेजी ६० रूपयाँमा किन्न अाउने गरेकाे उनी बताउँछन् । ´काँक्रा प्राय बजारमा बिक्री गर्न लैजान पर्दैन यहि अाउँछन् ग्रहाक`, गुणबहादुरले भने । बिना सिँचाई जुठेलाकाे पानी संकलन गरेर तरकारी व्यवसाय थालेका उनले तीनवटा प्लास्टिक टनेल हालेका छन् गाेलभेडाकाे लागि । फर्सी बेचीसकेका उनकाे गाेलभेँडा तथा बाेडी तयारी हुँदैछ । जम्मा लगानी एकलाख ५० हजार गरेका उनले अाज सम्म स्थानीय सरकारबाट कुनै सहयाेग नपाएकाे बताए । स्थानीय सानाकिसान कृषि सहकारीले भने चारहजार सहयाेग गरेकाे उनले बताए ।
स्थानीय सरकारले प्लास्टिक टनेल सहयाेग गरे तरकारी व्यवसायलाई थप्ने उनकाे साेच छ । मुलुकभर लकडाउन जारी रहँदा काठकाडाैं तथा तराईबाट अाउने तरकारीलाई बन्देज लगाउने जिल्ला विपद् व्यवस्थापन समितिले निर्णय गरेपछि बाहिरबाट अाउने तरकारी ठप्प छ । स्थानीय स्तरकाे अापुर्तीकाे लागि गुणबहादुर जस्तै किसानहरूले लगाएकाे तरकारी व्यवसायबाट उपभोक्ताले गुजरा चलाएका छन् । वडाकाे अागमी बजेट तरकारी व्यवसाय र पशुपालनमा जाेड गरिने वडाअध्यक्ष रामप्रसाद गाैतमले बताए । ´वडाकाे अबकाे बजेट किसान केन्द्रीत हुनेछ`, गाैतमले भने । बाँजाे जमिनकाे उपयाेगकाे नीति सहित उत्पादन र कृषि क्षेत्रलाई बढाेत्तरी गरिने वडाअध्य गाैतमकाे कथन छ ।