काईते राजनीति गर्नेको अब ईतिहास गए

निमफुञ्जाे शेर्पा (मेयर) बाह्रबिसे नगरपालिका सिन्धुपाल्चाेक

यतिबेला सिन्धुपालचाेक जिल्ला निकै अक्रान्त छ । जुरे पहिराे, भाेटेकाेशी बाढीपहिराे देखि बिनासकारी भूकम्म लगाएत प्रलयकाे चपेटामा परेकाे सिन्धुपाल्चाेक फेरि विश्व माहामारीकाे रूपमा फैलिएको काेराेना भाईरस (काेभिड-१९) काे माहामारीमा नेपालमा सर्वप्रथम संक्रमण बाट मृत्यु हुने व्यक्ति सिन्धुपाल्चोक त्यसमा पनि बाह्रबिसे नगरपालिका कै हुन पुगेको छ । याे जटिल अवस्थामा बाह्रबसिसे नगरपालिकाले कसरी काम गरिरहेकाे छ भन्ने सन्दर्भमा बाह्रबिसे नगरपालिकाका मेयर निमफुञ्जाे शेर्पा संग सिन्धुज्वाला अनलाइनले लिएको छाेटाे कुराकानीकाे सम्पादित अंश- सम्पादक
१) काेराेना भाईरसबाट मृत्यु हुने नेपालमा पहिलाे संक्रमित व्यक्ति सिन्धुपाल्चोक त्यसमा पनि यहाँकै नगरपालिकामा भएकाे छ याे क्षणलाई यहाँले कसरी लिनु भएकाे छ ।
>निश्चय नै याे घटनाबाट हामी निकै मर्माहित भएका छाै । हाम्राे नगरपालिकाले काेराेना संक्रमित हुन नदिन जे जस्ताे उच्च सर्तकता अपनाएकाे थियाे र अहिले पनि छ त्यसकाे बिपरित साेच्दै नसाेचेकाे घटना भएकाे हामीले अनुभूत गरेका छाैं । तैपनि हामीले हिम्मत हारेका छैनाै ।
नियमित रूपमा काम भईरहेकाे छ । जस्ताेकी काेराेनाबाट संक्रमण भएर ज्यान गुमाएकी भनिएकी महिलासंग सम्पर्कमा जाेडिएका मानिसहरूकाे खाेजिनीति गरि १८० जनाकाे स्वाब संकलन गरि पठाईएकाे छ जसमा केही रिपाेर्ट पनि अाईपुगेकाे छ । सबै रिपाेर्ट नेगेटिभ अाएकाे भन्ने हामीले जानकारी पाएका छाैं ।
२) मृतक महिला संग सम्पर्कमा जाेडिएका मानिसहरूकाे स्वाब संकलन गरि पठाईएकाे भन्नुभयो तर मृतक महिलाबाट भर्खर जन्मिएकाे नवजात शिशु, मृतकका श्रीमान, अामा लगाएतकाे रिपोर्ट नेगेटिभ अाएकाे छ । अरूकाे पनि नेगेटिभ नै अाउला अब त त्रास अलि कम भयाे हाेलानी यसबाट खुशी हुनुहुन्छ हाेईनर ?
>निश्चितरूपमा रिपोर्ट नेगेटिभ अाँउदा खुशी हुने कुरा अाफ्नाे ठाउँमा छ । सब‌ै रिपोर्ट नेगेटिभ अाहाेस भन्ने हाम्राे कामना पनि छ । यद्यपि याे खुशी हुने दुःखी हुने सबाल मात्र हाेईन परिक्षण प्रति जनताकाे पूर्ण विश्वासनीयताकाे कुरा हाे ।
३) यसकाे अर्थ मृतक महिलाबाट जन्मिएको शिशु, उनका श्रीमान, अामा लगाएत परिवारमा गरिएकाे स्वाब परिक्षण प्रति नै शंका छ भन्न खाेज्नु भएकाे हाे ?
>सकेसम्म त्यस्ताे नहाेस हाम्राे कामना छ । तर घटनाक्रमले त्यस्तै देखाएकाे छ । यहाँले सुन्नु भएकै हाेला डाक्टरकै भनाई अनुसार काेराेना भाईरस एकअर्कामा सजिलै संग सर्न सक्ने जटिल किसिमकाे भाईरस हाे । यसकारण भर्खरै जन्मिएकाे नवजात शिशु, हप्ताैदिन सम्म सुत्केरीसंग संगै बसेर स्याहार सुसार गर्ने मृतककी अामा तथा उनका श्रीमानलाई किन संक्रमित भएन ? याे जटिल प्रश्न छ ।
>यसले गर्दा हामीलाई त झन के अाशंका भयाे भने काेराेनाकाे संक्रमणका कारण मृत्यु भनिएकी महिलाकाे स्वाब परिक्षण नै विश्वासनियता भएनकी भन्ने पाे लाग्याे । यसकारण यसकाे पुनः छानबिन हुनपर्छ भन्ने हाम्राे माग छ । यसकाे लागि अावश्यक परे विश्व स्वास्थ्य संगठन (डभ्लुएचअाे) तथा जनस्वास्थ्य निर्देशनालयले उचित जवाफ दिनुपर्छ र जनतालाई एउटा विश्वास दिलाउन सक्नुपर्छ ।
४) तपाईं स्थानीय सरकार नै हुनुहुन्छ फेरि नेपाल सरकारकाे अाधिकारिक संस्था जनस्वास्थ्य निर्देशनालयद्वारा गरिएकाे परिक्षणमा पनि किन विश्वास नभएकाे हाे ?
>विश्वास गर्ने अाधार देखिन पर्याे नी ? भर्खर जन्मिएकाे नवजात शिशु र अामामा फरक-फरक रिपाेर्ट कसरी अायाे ? कित मृतक महिला संक्रमित नभएकाे हुनपर्छ । यसकाे तथ्य र कारण सहित जवाफ त चाहियाे नी ?
५) नेपाली कांग्रेसका केन्द्रीय सदस्य माेहनबहादुर बस्नेतले नाबालक शिशुकाे लालनपालन तथा पाेषणका लागि ५० हजार दिने र नाबालककाे जिम्मा लिएर १२ कक्षा सम्म पढाउने घाेषणा गर्नु भएकाे छ नी ?
>काठमाडौंकाे महलमा खाेपिमा बसेर ५० हजार सहयाेग गर्छु भन्ने नाथेकाे के हिम्मत छ र ? सक्नेले यहि अाएर देखाउनु सक्नुपर्छ । बाहिर-बाहिर डुक्रेर हिड्नुकाे के अर्थ छ र ? सक्नेले घटना लगत्तै मृतककाे घरमै पुगेर घाेषणा गर्न सक्नुपर्थ्याे ।
६) पूर्व मन्त्रीले ५० हजार सहयाेगकाे घाेषणा गरेकाेमा यहाँलाई किन अापत्ती त, सहयाेग गर्नु राम्राे पक्ष हाईनर ?
>राम्राे नराम्राे र पक्षविपक्ष भन्ने कुरा हाेईन । नियतकाे कुरा हाे । पैसा त जति पनि बाेल्न सकिन्छ । म एउटा कुरा यहाँलाई स्पष्ट पाराैं । जुनदिन ती महिलाकाे धुलिखेलमा काेराेनाकै कारण मृत्यु भएकाे खवर बाहिर अायाे । त्यतिबेला हामी निकै तनावमा थियाैं । तत्काल हामी राम्चेमा मृतककाे घरमा पुग्यौं । तर उहाँ महाशयकाे निर्देशनमा कांग्रेसीहरू २ गते बाह्रबिसेमा देशकाे सिमाका बिसयमा बहादुरी देखाएर नाराजुलुश गरिरहेका थिए । म उहाँलाई एउटै प्रश्न गर्न चाहान्छु । यस्ताे पीडादायी अवस्थामा मृतककाे घरमा वा बाह्रबिसेमा किन एकपटक टेक्ने अाँट गर्नुभएन ? काईते राजनीति गर्दै बाहिर-बाहिर यति सहयाेग गरेकाे छु भनेर डुक्रेर मात्र हुन्छ ? यहाँलाई थाहै हाेला । हामी यस्ताे जटिल परिस्थितिमा मृतककाे घरमा पुगेका थियाै । त्यहाँ बागमती प्रदेशका मन्त्रीहरू अरूण नेपाल, युवराज दुलाल तथा नेकपाका केन्द्रीय सदस्य माधव सापकाेटा समेत संगै पुगेका थियाे । हामी उच्च जाेखिमका साथ त्याहाँ पुगेका थियौं के हामीलाई संक्रमण हुने खतरा थिएन र ? यसकारण यस्ताे अवस्थामा त्यस ठाउँमा पुग्न नसक्ने हुतिहाराले नाथे ५० हजार दिन्छु भनेकाे कुराले के अर्थ राख्छ र ?
७) पूर्व मन्त्रीलाई गाउँमै अाएर सहयाेग गर्छु भन्न त यहाँहरूकाे अवराेध हुने डर भएर पनि त हाेला नी । पहिला पनि राहत बाँड्न जाँदा प्रहरी लगाएर खेदाउनु भयाेरे नी त ?
>हाे, त्यतिबेला यहाँले सुन्नु भएकै हाेला । हामी बाह्रबिसे नगरबासी गाउँमा कसरी संक्रमण हुन नदिन सकिन्छ भनेर रातदिन खटिरहेका थियाै तर उहाँ भने लकडाउनकाे अवेज्ञा गर्दै राहतकाे नाममा जनतालाई भेला गरेर २/४ किलाे दाल-चामल बाँढेर हिडेकाे पाईयाे । यस्ताे चरित्र देखेर उहाँलाई प्रहरीले हाेईन जनताले नै खेदेका हुन् । यसकारण अब यस्ताे काईते राजनीति गर्नेकाे ईतिहास गए । जनतामा जनमत हराउँदै गएपछि नामर्दाहरूले खाेपिमा लुकेर जनतालाई यस्तै भ्रम छर्ने हुन ।
८) त्याेसाे भए तपाईहरू जनमत हराउँदै गएकासित किन डराउनु भएकाे त ?
>हामी डराएर हाेईन एकदम हिम्मतका साथ भनिरहेका छाै । त्यस्ता काईते राजनीति गर्नेलाई चुनाैति दिएका हाै । फेरि जनतामा कुनै भ्रम नरहाेस भनेर वास्तविक कुरा त स्पष्ट त पार्न पर्याे नी ।
९) अन्त्यमा अाफ्ना नगरबासीलाई यहाँ केहीभन्न चाहानु हुन्छ कि ?
>वास्तवमा हाम्राे जिल्ला पनि काेराना संक्रमणकाे कारण अझै उच्च जाेखिममा छ । तर हामी काेही नअात्तिअाैं । बरू संमेमित अपनाउ । हामी अाफ्नाे ज्यानकाे बाजि राखेर दिनरात नभनी जनताकै सेवामा तल्लिन छाै । नगरबासीलाई म विशेष के अाग्रह गर्न चाहान्छु भने यहाँहरू काेही कसैकाे क्षणिक भ्रममा र लाेभलालचा र भ्रममा नपर्न यहाँकाे मिडिया मार्फत अनुराेध गर्न चाहान्छु । धन्यवाद ।