
बाह्रबिसेमा ५६ जनाकाे पिसिअार परिक्षणकाे लागि स्वाव संकलन गरियाे

४ जेठ, बाह्रबिसे (सिन्धुपाल्चाेक) । बाह्रबिसेमा ५६ जनाकाे पिसिअार परिक्षणकाे लागि स्वाव संकलन गरिएकाे छ । बाह्रबिसे नगरपालिका ९ कि एक सुत्केरी महिलाकाे हिजाे धुलीखेलमा काेराेनाकाे कारण मृत्यु भएपछि मृतकसंग नजिकिएका मानिसहरूकाे खाेजतलास गरि ५६ जजाकाे स्वाव संकलन गरि पठाईएकाे बाह्रबिसे नगरपालिकाका मेयर निमफुञ्जाे शेर्पाले सिन्धुज्वालालाई बताए ।
उनका अनुसार अाज बाह्रबिसे नगरपालिका वडा नं ९, राम्चे स्थित मृतक सुत्केरीकाे घर टाेल परिवारका गरि जम्मा ५६ जनाकाे पिसिअार परिक्षण गर्नकाे लागि स्वाव संकलन गरिएकाे हाे । उक्त स्वाव संकलनकाे लागि जिल्लाका रेपिड रेसपाेन्स टाेली (अारबिटी) तथा जिल्ला जनस्वास्थ्य कार्यालयका ३ जना चिकित्सक , बागमति प्रदेश लगायत केन्द्रका स्वास्थ्य विज्ञ टाेली हरूबाट स्वाव संकलन गरिएकाे मेयर शेर्पाले जानकारी दिए । सम्पर्कमा रहेकाे बाँकी रहेका मानिसहरूकाे भाेली परिक्षणकाे लागि स्वाव संकलन गरि पठाईने उनले बताए ।
अाज विशेष टाेलीबाट गरिएकाे स्वाव संकलन तथा थप जानकारी लिनकाे लागि बागमति प्रदेशका वन,उधाेग,वातावरण तथा पर्यटन मन्त्री अरूण नेपाल, सामजिक विकास मन्त्री युवराज दुलाल, नेकपाका केन्द्ररीय सदस्य माधव सापकाेटा, जिल्ला समन्वयन प्रमुख गाेपाल तामाङ, नगर प्रमुख निमफुञ्जाे शेर्पा, उप प्रमुख शुशिला पाख्रिन , प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल, वडा अध्यक्षहरू, जिल्ला सुरक्षा निकाय प्रमुख लगायत विज्ञ स्वास्थ्य टाेलीहरूकाे उपस्थिति रहेकाे थियाे ।
स्मरण रहाेस हिजाे काेराेना संक्रमणकाे कारण मृत्यु भएकी बाह्रबिसेकी सुत्केरी महिला सिन्धुपाल्चाेकमा पहिलाे संक्रमित तथा नेपालमै पहिलाे घटना भएकाे छ । उक्त घटना संगै जनमानसमा ठूलाे संन्त्रास छाएकाे छ । नेपाल सरकारले समेत उच्च सतर्कता अपनाएकाे छ । यसैगरी बाह्रबिसे नगरपालिकाकाे वडा नम्बर ९ र बलेफी गाउँपालिकाकाे वडा नम्बर ७ र ८ लाई सील गरिएकाे छ ।