अकस्मात एक महिलाकाे मृत्यु भएसंगै ३ वडालाई गरियाे सिल

जेठ ३, चाैतारा (सिन्धुपाल्चाेक) । बाह्रबिसे नगरपालिका वडा नम्बर ९ की एक महिलाकाे धुलिखेलमा अकस्मात मृत्यु भएसंगै जिल्लाका तीनवटा वडाई सिल गरिएकाे छ ।
जिल्ला सुरक्षा समितिकाे अाज बसेकाे बैठकले यस्ताे निर्णय गरेकाे हाे । बाह्रबिसे नगरपालिका वडा नं. ९ बस्ने एक २९ बर्षीया महिलाको अकस्मात मृत्यु भएपछि जिल्ला सुरक्षा समितिकाे बैठकले उक्त निर्णय गरिएकाे जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी माधव काफ्लेले जानकारी दिए । उनका अनुसार जेठ १ गते धुलिखेल अस्पतालमा काेभिड-१९ संग मिल्दो जुल्दो लक्षण देखिएको संगै ती महिलाकाे मृत्यु भएपछि स्वाव परिक्षण भइरहेकाे छ । संभावित संक्रमण फैलन नदिन स्वास्थ्य परिक्षणको नतिजा प्राप्त नभएसम्म आजबाट उक्त वडाहरू सिल गरिएकाे उनले बताए ।
उनका अनुसार बैठकले बाह्रबिसे नगरपालिकाकाे वडा नं. ९, राम्चे तथा बलेफी गाउपालिकाका वडा नं. ७ र ८ लाई सिल गरि उक्त वडाहरुबाट कोही कसैलाई बाहिर आउन र वडा भित्र जान नदिने निर्णय गरेकाे हाे । त्यस्तै उक्त क्षेत्र भित्रका बासिन्दाहरुलाई घर बाहिर निस्कन नदिने त्यसरी सिल गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी बलको अतिरिक्त नेपाली सेना समेत परिचालन हुन अनुरोध गर्ने निर्णय गरेकाे छ ।
त्यस्तै उक्त महिलाको सम्पर्कमा रहेका व्यक्तिहरुलाई खाेजतलास गरि पिसिअार परिक्षणको लागी क्वारेनटाइनमा राखी स्वाव संकलन गरि परिक्षणको लागी पठाउने निर्णय गरेकाे छ । त्यसैगरी बैठकले मृतक महिला बाह्रबिसे स्वास्थ्य केन्द्रमा समेत चेकजाँच गर्न गएकाे पाईएपछि बाह्रबेसे प्राथमिक स्वास्थ्य केन्द्रलाई समेत सिल गर्ने निर्णय गरेकाे डिएसपी काफ्लेले जानकारी दिए ।
उनका अनुसार बैठकले उक्त कामकाे लागि समन्वय र सहजिकरण गर्न स्थानिय तह र स्थानीय विपद व्यवस्थापन समितिलाई आवश्यक सहयोग गर्ने, समन्वय तथा सहजिकरण गर्न अनुरोध गर्ने निर्णय गरेकाे हाे ।
संक्रमित भनी अाशंका गरिएकी महिला संग जाेडिएका मानिसहरूकाे खाेजबिन गरिसकेपछि पिसीअार परीक्षण समेत गर्ने तथा उक्त टोलीलाई चौतारा साँगाचोकगढी न.पा को व्यवस्थापनमा फिल्ड ट्रेनिङ सेन्टरमा क्वारेण्टाइनमा राख्ने र खानाको व्यवस्थापन जिल्ला समन्वय समितिले मिलाउने नर्णय भएकाे उनले बताए ।
बैठकमा डा. निश्चल बोगटी, सशस्त्र प्रहरी निरिक्षक निरक शाही, प्रहरी नायव निरिक्षक रघुनाथ दाहाल, ल्याब टेक्निशियन रामेश्वर दाश र प्रतिनिधी नेपाली सेना, गोरख बक्स गण लगाएत सहभागी थिए ।
प्राप्त जानकारी अनुसार मृतक मिहलाकाे कोरोनाको संक्रमण टिचिङ्ग हस्पिटलमा भएको बुझिन्छ ।संक्रमित बिरामी काठमाण्डौ तिरै बसेर सुत्केरीबाट उत्रन मात्र सिन्धुपाल्चोक पुगेको स्थानीयले बताएका छन । जनतालाई नअात्तिन तथा मृतककाे स्वाव परिक्षण पश्चात् अाउने रिपाेर्ट पर्खन विज्ञहरूले सुझाएका छन् ।