गाउँपालिका प्रवेशमा थप कडाई,सवारी साधन निर्मलिकरण सुरु

रबिन दनुवार
जेठ ३ नवलपुर (सिन्धुपाल्चोक)
सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिका वडा नम्बर १२ को काभ्रे सिपाघाट देखि भिमटार सिन्धुपाल्चोक प्रवेश गर्ने सिमानामा कडाइका साथै सिपाघाट देखि भिमटार आवतजावत गर्ने सवारी साधनहरुलाई निर्मलिकरण गर्न सुरु भएको छ।
कोरोना भाइरस (कोभिड १९)बढ्दो क्रममा देखिए पछि इन्द्रावती गाउँपालिका प्रमुख बंशलाल तामाङको पहलमा सिमानामा थप कडाइ र सवारी साधन निर्मलिकरण गर्न सुरु भएको हो।

कोरोना भाइरस अर्थात् (कोभिड १९) रोगले विश्वनै आक्रान्त भईरहेको समयमा गाउँपालिका भित्र प्रवेश गर्ने सवारीसाधनको चाप बढ्दो देखिए पछि कोरोना भाइरस संक्रमणको जोखिम हुन सक्ने भएकोले गाउँपालिका प्रवेश गर्ने सिमानामा थप कडाइ गरिएको इन्द्रावती गाउँपालिका अध्यक्ष बंशलाल तामाङले सिन्धुज्वालाई जानकारी दिए।

सिमाना प्रवेशमा थप कडाइका साथ साथै अतिआवश्यक पास भएको सवारि साधनलाई निर्मलिकरण गरेर मात्र प्रवेश गराउने र पास बिनानै अनावश्यक हिड्डुल गर्ने सवारीलाई गाउँपालिका प्रवेश गर्न नदिइ सिमाना देखिनै फर्काइने अध्यक्ष तामाङले बताए ।
गाउँपालिका अध्यक्ष तामाङले गाउँपालिका बासिहरुलाई अनावश्यक हिड्डुल नगरौ कोरोना भाइरस (कोभिड १९) रोग रोकथामकालागि सरकारले गरेको लकडाउन प्राबधानलाई सहयोग गरौ घरमै बसौ सुरक्षित रहौ आफू पनि बाचौ अरुलाई पनि बचाउ कोरोना भाइरस न्युनिकरण गर्न एकताबद्ध भएर लाग्न सम्पूर्णमा अपिल समेत गरे।