ए, हाम्रा छेपारे राष्ट्ररवादी हाे !

सिन्धुसिरूवारे

दिनेश दुलाल

ठन्डियामकाे चिसाे सिराेटाेले
कुना कन्दरा लुकेका छेपाराहरू
भाेलीकाे दिनमा जाेरमुढा तताउने संकल्प गर्छन्
अाङ तताएर मष्त निन्द्रामा डुबुल्की मार्ने सपना देख्छन् तर बिहान पख घामकाे उज्यालाे धर्तिमा पाेखिन नपाउदै
पिठ्युँ फर्काएर टन्टलापुर घाममा मस्ती घुर्छन् ।
तर हिजाेकाे बाचा र संकल्प पुरै बिर्सन्छन्
फेरि उहीँ साँझ, उहीँ रात र उहीँ चिसाे सिरेटाे
अनि दिउसाेकाे उही टन्टलापुर घाम
बाचा र संकल्प उही दाेहाेरिरहन्छ ।
तर छेपाराहरू सिपालु हुन्छन् दुनिया छकाउन
र क्षणभरमै रङ्ग बद्लछन् ।

कहिले काला, कहिले राता त कहिले हरिया र निला । छेपारहरू समय बदलिय संगै बदिलन्छन् घरी घरी
एकाईसाै शताब्दीका मानवरूपी छेपाराहरू
उसैगरी बदलिन्छन् समय सापेक्ष अनुसार
तिनका बाचा र बन्धन उस्तै हुन्छन्
उही छेपाराे जस्तै
र संकल्प र याचना उस्त‌ै हुन्छन्
उहीँ दिन, उही रात र उही समय साँझ ।
अाधुनिक जमानाका मानवरूपी छेपाराहरू
सुगाशैलीकाे खाेक्राे राष्ट्रवाद कहन्छन् ।
मानीलिअाैं जन्मजातै ती राष्ट्रवादी भएका हुन्।
तर देशलाई लुकेर तिर हान्ने शिखण्डी छेपाराहरू
माैका पर्नसाथ अाफ्नाे अाैकात देखाउँछन् ।
नैतिकता गुमाएका अाधुनिक छेपाराहरू
खाेक्राे राष्ट्रवादकाे नाैटङ्की रच्छन् ।
तर उहीँ दक्षिण ध्रुवका मालिककाे अादेशकाे पालना गर्छन्
बढे भाईका अाज्ञाकारी बनेका अाधुनिक छेपाराहरू
हिजाे उहीँ थिए, अाज उहीँ छन् र भाेली उहीँ रहनेछन्
सिमा मिचीएका दशगजा, लिपुलेक र लिपियाधुरा
यी फगत सांकेतिक मिचाइ मात्र हाे
हिज‌ै बेचिए महाकाली र टनकपुरहरू
कया‌ैं बेचिएका छन् र अझै बेचिनेछन नेपाली भूमि ।
यी अाधुनिक जातिका छेपाराहरू
शहरकाे महलमा बस्छन्
सत्ता र कु्र्सीकाे खेलमा रम्छन्
र अाेठे राष्ट्रवाद कहन्छन्
अनि अाफ्ना खेतालाहरूलाई राष्ट्रवादी हुन
सिकायत गर्छन् ।

ए, छेपारे राष्ट्रवादीहरू हाे,
सक्छाै भने अाफ्नाे गुमेकाे भूमि फिर्ता लेउ
सक्छाै भने दक्षिणका प्रत्येक सिमाक्षेत्रमा काँढेतार लगाउ
र दिनदाहाडै हुने अतिक्रमणलाई निस्तेज पार
सिमा मिचिएकाे मुद्दामा हेग जाने त के
नैतिकता छ भने दक्षिण ध्रुवका बढे भाईयाहरूलाई च्यालेन्ज गर ।
अब अाेठे राष्ट्रवाद बन्द गर
किनकी एउटा असल राष्ट्रभक्त चाहिएकाे छ मुलकलाई ।