अनाथको साथि बन्दै सिन्धु ड्रागन ग्रुप

रबिन दनुवार
जेष्ठ २,नवलपुर (सिन्धुपाल्चोक) । कोरोना कहरले विश्व जगतनै आतंकित भैरहेको अबस्थामा रोगले भन्दा भोकले पिडित बर्ग भनेकै पिडित बर्ग हुन बन्ने ठहर गर्दै सामुहिक प्रयास बिना बिकास असम्भव छ भन्ने नारा सहित समाजसेवामा अग्रसर युवाहरूको समूह सिन्धु ड्रागन ग्रुपले आज अनाथ बालबालिकाहरुलाई खाद्यान्न राहत सामग्री वितरण गरेको छ।

इन्द्रावती गाउँपालिका वडा नम्बर ५ ऐसेलुखर्कमा अबस्थित मदर सिस्टर बालगृहमा रहेको बालबालिकाहरुका लागि खाद्यान्न संकट नहोस् भन्दै सिन्धु ड्रागन ग्रुपले १० बोरा चामल एक बाकस तेल केही नुन र सोयाबिनहरु बालगृहका संचालिका मैयाँ थापालाई हस्तान्तरण गरेको हो।
२०७२ सालमा स्थापित बालगृहमा हाल २८ जना बालबालिकाहरु रहदै आएका छन्।
सानो उमेर देखि नै समाजसेवामा समर्पित मैयाँ थापाले खाद्यान्न सामग्री बुझ्दै भनिन ‘आज म धेरै खुसी छु सिन्धु ड्रागन ग्रुपले बालगृहलाई गरेको सहयोग प्रति हृदयदेखिनै धन्यवाद र आभार व्यक्त गर्दछु ‘।
सिन्धु ड्रागन ग्रुपले यसअघि पनि गाउँपालिका भित्र रहेको चुल्है बाल्न मुस्किल अतिविपन्न करिव दुई सय धुरिलाई खाद्यान्न राहत सामग्री वितरण साथै बिरामीलाई अस्पताल सम्म पुर्याउने जस्ता कार्यहरु पनि गर्दै आएको छ ।