सिन्धुपाल्चोकले ग¥यो कठोर निर्णय, मासुजन्य तथा फलफूल–तरकारी भित्र्याउन प्रतिवन्ध

दिनेश दुलाल
जेठ १, चौतारा (सिन्धुपाल्चोक) । सिन्धुपाल्चोकले आफ्नो जिल्ला भित्र कोरोना संक्रमित हुन नदिन थप कडाई गर्ने रणनीति लिएको छ । आज बसेको जिल्ला विपद् व्यवस्थापन तथा सर्वपक्षीय बैठकले जिल्ला भित्रने मासुजन्य तथा तरकारी–फलफूलमा समेत प्रतिबन्ध गर्ने निर्णय गरेको हो ।
नेपालमा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन थपिदैं गएपछि लकडाउनलाई थप कडाई गर्न जिल्ला विपद् व्यवस्थापन तथा सर्वपक्षीय बैठकले यस किसिमको निर्णय गरिएको जिल्ला समन्वय प्रमुख गोपाल तामाङले सिन्धुज्वालालाई बताए । ‘स्थिति झनै जटिल बन्दै गएको हामीले अनुभूत ग¥यौं, सोही अनुसार आज तत्काल वैठक ढाकिएको हो’, जिल्ला समन्वय प्रमुख तामाङले भने । सिन्धुपाल्चोकमा काठमाडौं लगाएत जिल्लाबाट प्रवेश गर्न भोलीबाट पूर्ण रुपमा ठम्म पारिने समेत उनले जानकारी दिए । उनका अनुसार पैदलयात्रीलाई समेत आवातजावतमा रोक लगाईने छ । समन्वय प्रमुख तामाङका अनुसार बैठकले काठमाडौं लगाएत विभिन्न जिल्लाबाट ल्याईने फलफूल, माछामासु तथा तरकारी ल्याउन प्रतिवन्ध लगाईएको छ ।

सो को विकल्पको लागि भने जिल्लामा उत्पादन भएका फलफूल तथा तरकारीलाई नै व्यवस्थित गरेर उत्पादन र उपयोगितामा जोड दिने बैठकका प्रमुख अतिथी रहेका तामाङले वताए ।
त्यस्तै बैठकले गरेको निर्णय अनुसार स्थानीय तहमा स्वास्थ्य जाँच गर्ने आरडिटी किट सम्बन्धीत निकायमा समन्वय गरेर उपलब्ध गराईने छ ।
यसैगरी जिल्लामा जनपथ प्रहरीमा जनशक्ति कम भएकोले प्रत्येक पालिकाबाट दुई–दुई जना स्यंयमसेवक राखेर जाँचमा कडाई गरिने समेत निर्णय भएको उनले बताए । आज दिउसो १ बजेबाट बसेको उक्त बैठकमा पिपिईसेट, सेनीटाईजर लगाएतको प्रयोग तथा संक्रमितहरुको कसरी उपचार गर्ने लगाएतका बारेमा गोरखबक्स गुल्मद्वारा अभिमुखिकरण गरिएको थियो । प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालको अध्यक्षतामा बसेको थियो ।

बैठकमा जिल्लाका १२ वटा पालिकाका प्रमुखहरु, जिल्लाका मुख्य पार्टीका प्रमुखहरु, स्वास्थ्य संयोजक तथा २७ वटा एम्बुलेन्सका चालक सहित सहभागी रहेको बाह्रबिसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले जानकारी दिए । बैठकले एम्बुलेन्स कहाँ र कसरी गुड्दै छ भन्ने जानकारी पाउने ट्र्याकिङ शिष्टम समेत जडान गर्ने निर्णय भएको उनले बताए ।