चुल्है बाल्न मुस्किल जनतालाई सिन्धु ड्रागन ग्रुपद्वार राहत वितरण

रबिन दनुवार
बैशाख २६ सिन्धुपाल्चोक
जिल्लाकाे इन्द्रावती गाउँपालिकामा चुल्है बाल्न मुस्किल जनतालाई सिन्धु ड्रागन ग्रुपले खाद्यान्न राहत सामग्री वितरण गर्न सुरु गरेको छ।
महामारीका रुपमा फैलिएको कोरोना भाइरस अर्थात् (कोभिड १९) रोग रोकथामका लागि सरकारले गरेको लकडाउनले गर्दा गहिरो प्रभाव परेका इन्द्रावती गाउँपालिका वडा नम्बर ८ का अति विपन्न ७० घर परिवारलाई सिन्धु ड्रागन ग्रुपले खाद्यान्न राहत सामग्री वितरण गरेको हो ।
उक्त सिन्धु ड्रागन ग्रुपले यस अघि पनि गाउँपालिका भित्रका विभिन्न वडामा राहत वितरण गरी सकेको थियो।
देश तथा विदेशमा बस्नु हुने सहयोगी मन भएका युवाहरुले समेत स्वैच्छिक रुपमा सिन्धु ड्रागन ग्रुपलाई सहयोग गरेको सोही ग्रुपका सामाजिक अभियानता एवम् सिन्धुपाल्चोक सुनचाँदी व्यवसायी संघका महासचिव रबिन्द्र खातिले सिन्धुज्वालालाई जानकारी दिए।

गाउँपालिका भित्र रहेको कोरोना भाइरस रोकथामका लागि सरकारले गरेको लकडाउनले गर्दा गहिरो प्रभाव परेका अति विपन्न ७० घर परिवारलाई खाद्यान्न राहत सामग्री वितरण गरिसकेको ग्रुपका सामाजिक अभियानता एवम् सिन्धुपाल्चोक सुनचाँदी संघका महासचिव खातिले बताए।

`दुख परेका जनतालाई र सहयोग गर्न पाउँदा हामी अत्यन्तै खुसि छौ।हाम्रो सहयोगी कदममा हातेमालो गर्दै दिन दुखि अति विपन्न परिवारको चुलो बाल्नको निम्ति सहयोग गर्नु हुने सहयोगी मनहरु एवम् संघ संगठन प्रति आभारी छौँ´ खातिले भने । खातिले विश्वभर फैलिएर रहेको कोरोना भाइरस (कोभिड १९)रोग न्युनिकरणमा सबै एकताबद्ध भएर लाग्न र लकडाउनले गहिरो प्रभाव पारेको अति विपन्न गरिव नागरिकलाई साथ सहयोग गर्न सबैलाई अनुरोध समेत गरेका छन्।