नेकपा मेलम्चीद्वारा सहयोग हस्तान्तरण

रबिन दनुवार
बैशाख २५ मेलम्ची (सिन्धुपाल्चोक)
जिल्लाको मेलम्ची नगरपालिका अन्र्तगत रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मेलम्ची नगर कार्यदलले सहयोग रकम हस्तरण गरेको छ । नगरपालिकामा खडा गरिएको कोरोना भाइरस संक्रमण नियन्त्रण कोषमा २ लाख ८७ हजार १ सय ६६ रुपैयाँ हस्तान्तरण गरेको हो ।
नेपाल कम्युनिस्ट पार्टी मेलम्ची नगर कार्यदलका संयोजक चन्द्रबहादुर थापा र अनेरास्ववियुका सहसंयोजक एवम् नेपाल कम्युनिस्ट पार्टी मेलम्ची नगर कार्यलय कमिटी सदस्य हिरा चौलागाईंको संयुक्त उपस्थितिमा उक्त रकम मेलम्ची नगरपालिका प्रमुख डम्बरबहादुर अर्याललाई हस्तान्तरण गरिएको हो । नेकपा मेलम्चीका कार्यदल संयोजक चन्द्रबहादुर थापाले रकम हस्तान्तरण गर्दै सम्पूर्ण सहयोगी वडा कमिटी कार्यदललाई धन्यवाद दिए ।
कोरोना भाइरस अर्थात् कोभिड १९ रोग रोकथामका लागि मेलम्ची नगरपालिका भित्र रहेका १३ वटा वडाकै कार्यदलहरुको संयुक्त सहयोगमा २ लाख ८७ हजार १ सय ६६ रुपैयाँ संकलन गरिएको रकम मेलम्ची नगरपालिकाको मातहत मा बनेको कोरोना भाइरस संक्रमण नियन्त्रण कोषलाई हस्तान्तरण गरिएको अनेरास्ववियुका सहसंयोजक चौलागाईंले जानकारी दिए ।

उनका अनुसार मेलम्ची नगर प्रमुख डम्बरबहादुर अर्यालबाट १० हजार, नगर उपप्रमुख तर्फबाट ४ हजार, भगवती नेपालले ५ हजार, मेलम्ची नगर कार्यदलको संयोजक चन्द्रबहादुर थापाको तर्फबाट ५ हजार, उद्दान आले मगरले ५ हजार, घननाथ पराजुलीले ५ हजार ५ सय ५५ र गोपाल नेपालले ५ हजार रुपैयाँ संकलन भएको उनले बताए ।
’कोरोना भाइरस अर्थात् कोभिड १९ रोगले गर्दा आउने समस्यालाई मध्ये नजर गर्दै कोरोना न्युनिकरण गर्न नगरपालिकाले पहल गर्नु पर्ने र नगरले कृषि जन्य सामग्री किसानलाई उपलब्ध गराई उत्पादनमा जोड दिन पर्ने देखिएको अनेरास्ववियु एवम् नेकपा मेलम्ची नगर कार्यलय कमिटी सदस्य चौलागाईंले बताए ।
सामाजिक दुरि कायम गर्दै कृषि जन्य बिषयमा नगरपालिकाले ध्यान नदिए खाद्यान्न संकट आउने उनले बताए ।
कोरोना भाइरस नियन्त्रणका लागि सबै एक जुट भएर लाग्न र सरकारले कोरोना रोकथामका लागि गरेको लकडाउन प्राबधानलाई पुर्णरुपमा पालना गर्न सम्पूर्ण नेपाली नागरिकलाई अनेरास्ववियुका विद्यार्थी नेता चौलागाईंले अपिल समेत गरे ।