
क्वारेन्टाईनमा बसेकाहरु घर फिर्ती हुने क्रम सुरु

चौतारा (सिन्धुपाल्चोक) । बैशाख १० गते चौतारा सागाचोकगढी नगरपालिका भित्रिएका विभिन्न वडाका १४ जनालाइ बुधबार परिक्षण गरि घर पठाइएको छ । क्षेत्रीय क्वारेन्टाइन मेलचौरमा बसिरहेका १४ जनाको बुधबार चौध दिन पूरा भएकाहरुको परिक्षण गरिएपछि घर पठाईएको चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर अमानसिं तामाङले जानकारी दिए । उनका अनुसार परिक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ आएपछी उनीहरुलाई घर पठाइएको हो । नगरपालिकाका अनुसार १४ जना मध्ये ४ महिला, १० पुरुष रहेका थिए । जसमा ४ बर्षे र ७ बर्षे गरी दुई बालक रहेका थिए । १४ जना मध्ये एक जना सर्लाही जिल्लाबाट चौतारा नगरपालिकामा रहेका आफनो साथीको घरमा आएका थिए ।
त्यस्तै जिल्ला समन्वय समिति भवनमा रहेको क्वारेन्टाइनमा राखिएका पर्वत जिल्लाबाट नगर भित्रिएका गौरतीका १५ जनाको बिहिबार परिक्षण गरिक्षण पछि घर पठाईएको नगरपालिकाले जानकारी दिएको छ । उनीहरु सबैको रिपोेर्ट नेगेटिभ आएको थियो ।