चौतारा साँगाचोकगढी नगरपालिकाका जनप्रतिनिधिद्वारा पाँचलाखको कोष स्थापना

चौतारा (सिन्धुपाल्चोक) । चौतारा सागाँचोकगढी नगरपालिकाका जनप्रतिनिधिले पाँचलाखको कोष स्थापना गर्ने भएका छन् । हिजो बसेको नगर कार्यपालिका बैठकले उक्त निर्णय गरेको हो ।
नगरपालिकाका जनप्रतिनिधिले पाँच लाख ३० हजार बराबरको रकम कोरोना रोकथाम तथा नियन्त्रण कोषमा जम्मा गर्ने निर्णय भएको नगरपालिकाका मेयर अमानसिं तामाङले सिन्धुज्वालालाई बताए । वैठकले पन्द्र दिनको सेवा सुविधा भत्ता बराबरको रकम कोरोना रोकथाम तथा नियन्त्रण कोषमा जम्मा गर्ने निर्णय गरेको मेयर तामाङले बताए ।
त्यस्तै बैठकले ३ गत बर्ष प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत सुचिकृत भएका बेरोजगार नगरबासीहरुलाइ रोजगारी दिनेगरि नगरपालिकाले कार्यक्रम बनाएको छ ।

बेरोजगारहरुलाइ सम्वन्धित वडाको विकास निर्माणका कार्यमा समावेस गराइने भएको हो ।
त्यसैगरी नगरपालिकाले खाध्यन्नमा आत्मनिर्भर बनाउने गरि कृषि उत्पादनमा जोड दिने तथा आगामि आर्थिक वर्षमा बेरोजगार युवाहरूलाई कृषि क्षेत्रमा आकर्षित गर्ने गरि नगरपालिकाले विशेष कार्यक्रम ल्याउने तयारी गरेको उनले बताए । उनका अनुसार यस वर्ष पनि नगरपालिकाले कृषकहरूलाई बीउ विजनमा अनुदान दिने जसका लागि आवश्यक सुझाव सहितको प्रतिवेदन पेश गर्ने आर्थिक विकास समितिलाई जिम्मा दिने । निर्णय गरेको छ ।
यसअघि बसेको नगर कार्यपालिकाको वैठकले नेपाल सरकारबाट लकडाउन गर्ने निर्णय भई हालसम्म पनि लकडाउन अवधि कायमै रहेको हुँदा लकडाउनको कारणले चालु आ.व. का सम्झौता हुन नसकेको कारणबाट संचालन हुन नसकेका विकास निर्माणका योजनाहरु संचालनको लागि आवश्यक सहयोग र समन्वयको लागि डिसीएमसी मा सिन्धुपाल्चोकमा अनुरोध गर्ने निर्णय गरेको थियो ।