नेल्टा सिन्धुपाल्चोकद्वारा शिक्षकहरुका लागि अनलाइन ईएलटी तालिम सुरु

रबिन दनुवार
सिन्धुपाल्चोक बैशाख २२
नेपाल ईङ्गलिस ल्याङ्गोइज टिचर्स एसोसिएसन नेल्टा सिन्धुपाल्चोकको आयोजनामा शिक्षकका लागि अनलाइन शिक्षक तालिम सुरु भएको छ ।
२१ गते आइतबार देखि सिन्धुपाल्चोकका शिक्षकहरुका लागि अनलाइन ईङ्गलिस ल्याङ्गोइज टिचिङ ईएलटी तालिम सुरु गरिएको भएता पनि यसमा देशै भरिका शिक्षकहरुको समेत सक्रिय सहभागिता रहेको छ ।
तालिममा कोरोना भाइरस अर्थात् (कोभिड १९) रोगका कारण लकडाउनमा वसी समय सदुपयोग गर्न र सीप तथा ज्ञान सिक्न चाहने शिक्षकहरुका लागि शिक्षाको वैकल्पिक शिक्षण पद्धतिहरुका बारेमा जानकारी गराउने, विभिन्न सिकाईका माध्यम र साधन तथा टुलहरुका वारेमा सुचना जानकारी गराउने र प्रयोगात्मक रुपमा तालिम आयोजना गरिएको तालिम आयोजक समितिका संयोजक लक्ष्मण श्रेष्ठले बताए ।
उक्त तालिममा नेल्टा सिन्धुपाल्चोकका अध्यक्ष बद्री बहादुर तामाङको अध्यक्षतामा भएको हो । सो तालिमको औंपचारिक उद्घाटन कार्यक्रम नेल्टाका अध्यक्ष एवम् सर्वोच्च अदालतका अधिवक्ता मोतीकला सुब्बा देवानको प्रमुख अतिथ्यता तथा नेल्टाको सल्लाहकार एवम् पूर्व अध्यक्ष हेमन्तराज अधिकारी र नेल्टा बागमती प्रदेशका अध्यक्ष गणेश प्रसाद हुमागाईको बिशेष अथित्यतामा सुरु भएको थियो ।
तालिमको पहिलो खण्डमा काठमाडौं विश्व बिद्यालयका प्रोफेसर तथा नेल्टाका उपाध्यक्ष प्राध्यापक डा. लक्ष्मण ज्ञावालिले भर्चुअल कक्षामा प्रयोग हुने विभिन्न विद्युतिय सामग्रीहरु सम्बन्धि प्रस्तुतिकरण गरेका थिए । त्यस्तै दोस्रो खण्डमा नेल्टाका राष्ट्रिय तालिम संयोजक सरिता सुब्बा देवनले नेल्टाको इतिहास गतिविधिहरु तथा अवसर चुनौतीहरुका बारेमा प्रस्तुतिकरण गरेका थिए ।
हेल्प नेपाल प्राविधिक सहयोगमा भएको उक्त अनलाइन तालिम कार्यक्रमको सिन्धुपाल्चोकका सञ्चार माध्यम, रेडियो मेलम्ची र रेडियो सिन्धुबाट बिहान ८ बजे र ३० मिनेटबाट साँढे १० बजे सम्म प्रत्येक्ष प्रसारण गरिएको थियो । त्यस्तै मिडिया पार्टनरको रुपमा रेडियो सिन्धु, रेडियो मेलम्ची तथा सिन्धुज्वाला साप्ताहिक तथा सिन्धुज्वाला अनलाईनलाई समावेश गरिएको थियो । तालिममा सहभागि हुन नसक्नुभएका शिक्षकहरुलाई समेत समेट्ने उद्देश्यले फेसवुकमा लाइभ प्रसारण पनि गरिको थियो ।
पाँच दिन सम्म संचालन हुने उक्त कार्यक्रमका प्रस्तोताहरु लाई तथा सबै सहभागीलाइ समेत सहभागीताको प्रमाणपत्र प्रदान गरिने प्रचार समितिको संयोजक तथा नेल्टा मेलम्ची नगरपालिकाको फोकल पर्सन लेखनाथ भट्टराईले बताए ।
तालिम कार्यक्रमको दोस्रो दिन नेल्टाअध्यक्ष मोतिकला सुव्वा देवानले साईबर कानुन र यसका समस्याका बारेमा कक्षा संचालन गर्नुभएको थियो भने सोही दिनको दोस्रो सेसनमा त्रि.वि.वि.का प्राध्यापक अशोक सापकोटाले अनलाईन शिक्षणको वारेमा प्रयोगात्मक कक्षा संचालन गर्नुभएको थियो । सो तालिम कार्यक्रमको तेस्रो दिनमा बामन कुमार घिमिरेले मुकिङको बारेमा प्रयोगात्मक प्रशिक्षण गर्नुभएको थियो भने सो दिनको दोस्रो सेसनमा विवशजंग थापाले नियरपोड तथा वाकिलिटको प्रयोगको वारेमा सहभागिहरुको प्रत्यक्ष सहभागितामा सिकाई प्रशिक्षण संचालन गरेका थिए ।
कार्यक्रममा १७८ जना शिक्षक तथा शिक्षाकर्मी तथा शिक्षकहरुले सहभागीता जनाएका थिए । पाँच दिन सम्म चल्ने उक्त तालिममा कक्षा कोठामा प्रयोग गर्न सकिने विद्धुतिय सामग्रीहरुको बारेमा प्रत्यक्ष अभ्यास गर्ने वातावरण सिर्जना गरिने मुख्य उदेश्य रहेको नेल्टा सिन्धुपाल्चोकले जानकारी दिएको छ ।