वडाको सहयोगमा सयौं मजदुरको उद्धार

रबिन दनुवार
बैशाख १५ नवलपुर (सिन्धुपाल्चोक )
सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिका वडा नम्बर ९ भोटसिपाले काठमाडौंमा अलपत्र परेका आफ्नो नागरिकलाई उद्धार गरेको छ ।
कोरोना भाइरस नियन्त्रणका लागि सरकारले गरेको लकडाउन दस दिन लम्बिए पछि काठमाडौंमा विभिन्न ठाउँमा रोकिएका आफ्ना नागरिकलाई वडाले उद्धार गरेको हो ।

वडाले १५ गते सोमबार काठमाडौंमा अलपत्र करिब १२० नागरिकलाई उद्धार गरेको जनजाति महासंघका केन्द्रीय सदस्य एवम् वडाका समाजसेवी लायुर लामाले बताए ।
उनका अनुसार काठमाडौंमा अलपत्र नागरिकमा कोरोना भाइरस अर्थात् कोभिड १९ रोगको जोखिम हुन सक्ने भएकाले व्यवस्थित तरिकाले स्वास्थ्य परिक्षण गरि आफ्नो वडा फर्काइएको हो ।
काठमाडौंमा रहेको आफ्ना सबै नागरिकको उद्धार गरि सकेको युवा समाजसेवी लामाले बताए ।