लकडाउनको मोडेल बदल्दै सिन्धुपाल्चोक, विकास निर्माणमा काम सुचारु गरिने

१६ बैशाख, चौतारा (सिन्धुपाल्चोक¬) । सिन्धुपाल्चोकले लकडाउनको समय अवधिलाई नयाँ ढंगबाट प्रयोगमा ल्याउने नीति अपनाएको छ । लकडाउनको प्रभाव लामो समयसम्म विकास निर्माण लगाएत काममा परेको भन्दै सिन्धुपाल्चोकको जिल्ला स्तरीय सर्वपक्षीय बैठकले जिल्लामा लकडाउनलाई थप कडाई गर्दै विकास निर्माणका काम सञ्चालन गर्ने निर्णय गरेको छ ।
जिल्ला समन्वय समिति सिन्धुपाल्चोको आयोजनामा हिजो चौतारामा बसेको सर्वपक्षीय बैठकले लकडाउनलाई थप कडाई र थप व्यवस्थित गर्दै विकास निर्माणका काम लगाएतलाई खुकुलो बनाउने नीति लिएको छ । त्यसका लागि सम्बन्धित स्थानीय तहले समन्वय गरी पास उपलब्ध गराउने र त्यस कामका लागि आवश्यक निर्माण सामग्री ल्याउन परे निर्माण कार्यको निरन्तरताका लागि सहजिकरण गर्ने उप समितिले पास उपलब्ध गराउने निर्णय भएको जिल्ला समन्वय प्रमुख कृष्णगोपाल तामाङले बताए । उनका अनुसार बैठकले जिल्लामा सञ्चालित क्रसरहरु सुचारु गर्ने समेत निर्णय गरेको छ ।
स्थानीय तहहरुसँग समन्वय गरेर सामाजिक दुरीलाई कायम गर्दै क्रसर सञ्चालन गर्न अनुमति दिने बाह्रबिसे नगरपालिका मेयर निमफुञ्जो शेर्पाले जानकारी दिए ।
त्यसैगरी कृषि सामग्री (मल, बिउ) लगायत आवश्यक अन्य सामाग्री साल्ट ट्रेडिङसँग सहकार्य गरेर स्थानीय तहले ल्याउने र कृषकको माग अनुसार वितरण गर्ने निर्णय भएको छ ।

यस्तै जिल्लामा पठनपाठनलाई नियमित रुपमा अगाडि बढाइने भएको छ । कक्षा एक देखि नौ सम्मको परीक्षाफल तुरुन्त प्रकाशन गरिनेछ । नयाँ शैक्षिक सत्रका कक्षा स्थानीय रुपमा उपलब्ध स्रोत साधनबाट सञ्चालन गरिने छ । ‘इन्टरनेट, एफएम रेडियो, तथा टेलिभिजन के मार्फत सकिन्छ स्थानीय उपलब्धतालाई हेर्दै पठनपाठन सञ्चालन गर्ने निर्णय गरेको छ ।
जिल्ला समन्वय समितिका अनुसार कोरोना संक्रमणको त्रासले जिल्लामा भएका गतिविधि र भविष्यमा विकास योजनालाई अघि बढाउन गर्न सकिने प्रयासमा छलफल गर्न बैठक बोलाइएको हो । कोरोनाको त्रास र यसबाट सिर्जित समस्याका विषमा सर्वपक्षीय बैठकले व्यापक छललफ गरेको थियो । बैठकले स्थानीय गतिविधिमा स्थानीय तहलाई बढी जिम्मावार बनाएको छ । जिल्ला समन्वय समितिका प्रमुख गोपाल तामाङको सभाअध्यक्षमा बसेको बैठकमा २ नम्बर प्रतिनिधिसभाका सांसद शेरबहादुर तामाङ, १२ वटै पालिकाका प्रमुखहरु, प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख तथा जिल्लाका सञ्चारकर्मी लगाएत बैठकमा सहभागि रहेका थिए ।
यस्तो छ निर्णय