संस्थाको सहयोगमा नगरपालिकालाई स्वास्थ्य सामाग्री वितरण

रबिन दनुवार
बैशाख १४ मण्डनदेउपुर (काभ्रे)
काभ्रे जिल्लाको मण्डनदेउपुर नगरपालिकालाई हाम्रो नेपाल संस्थाले आवश्यक स्वास्थ्य सामाग्री वितरण गरेको छ।
हाम्रो नेपाल नामक संस्थाका अध्यक्ष प्रेम श्रेष्ठले अमेरिकाबाट पठाएको आर्थिक सहयोगले स्वास्थ सामाग्री खरिद गरि सोही संस्थाका प्रतिनिधि एवं युवा समाजसेवी गणेश भण्डारीले मण्डनदेउपुर नगरपालिकाका प्रमुख टोक बा.वाइबालाई हस्तान्तरण गरेको हो।
स्वास्थ्यकर्मीलाई आवश्यक पि पि ई सात सेट र थर्मल गन पाँच सेट गरि १२ सेट आवश्यक स्वास्थ्य सामाग्री वितरण गरेको संस्थाका प्रतिनिधि एंव युवा समाजसेवी गणेश भण्डारीले बताए ।
उनका अनुसार नगरपालिकामा रहेको स्वास्थ चौकीमा कार्यरत स्वास्थ्यकर्मीलाई आवश्यक पि पि ई र थर्मल गनको अभाव देखिए पछि हाम्रो नेपाल संस्थाका अध्यक्ष प्रेम श्रेष्ठ सँग समन्वय गरि आवश्यक पि पि ई सात सेट र थर्मल गन पाँच सेट नगरपालिकालाई उपलब्ध गराएको उनले बताए ।
नगरपालिकालाई अभाव परेको आवश्यक स्वास्थ्य सामाग्री वितरण गरेकोले मानवीय काम गरेको भन्दै हाम्रो नेपाल संस्थाका अध्यक्ष प्रेम श्रेष्ठलाई र युवा समाजसेवी गणेश भण्डारीलाई बिशेषरुपले नगर प्रमुख टोक बा.वाइबाले धन्यवाद ज्ञापन गरे ।