मृगको मासु सहित दुई पक्राउ

बाह्रबिसे । जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिकाका दुईजनालाई प्रहरीले मृगको मासु सहित पक्राउ गरेको छ । शुक्रबार समातिएका सोही पालिका वडा नम्बर २ का उनीहरुलाई बाह्रबिसे ईलाका प्रहरी कार्यालयले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा बर्ष ३९ का हिरा बहादुर गुरुङ र बर्ष ३४ का टपिन्द्र बहादुर गुरुङलाई घरेलु हतियार सति पक्राउ गरिएको थियो । जंगली जनावर मारेको भनि जानकारी प्राप्त हुनासाथ ईप्रका बाह्रबिसेबाट गएको प्रहरी टोलीले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी माधव काफ्लेले जनाकारी दिए । उनका अनुसार खानतलासी गर्दा टपिन्द्र बहादुर गुरुङको भान्सा घरमा मृगको मासु पेरुङ्गो र बाटामा राखिएको अबस्थामा फेला पारिएको हो । त्यसैगरी गुरुङको घरको पुजा घरमा २ नाल भरुवा बन्दुक समेत फेला परेको प्रहरीले जनाएको छ । समारिएका उनीहरुलाई रितपूर्वक पक्राउ गरी आवश्यक अनुसन्धानको लागि ईप्रका बाह्रबिसेको हिरासत कक्षमा राखि थप अनुसन्धान कार्य भईरहेको डिएसपी काफ्लेले जानकारी दिए ।