स्थानीयको विरोधपछि उद्योगवाणिज्य संघले स्थगन ग¥यो पूर्व निर्णय

बाह्बिसे (सिन्धुपाल्चोक) । खाद्यन्नमा चर्को मूल्य सूची कायम गरेको भन्दै बाह्रबिसेका उपभोक्ताहरुले विरोध जनाएपछि सिन्धुपाल्चोक उद्योगवाणिज्यले आफ्नो पूर्व निर्णयलाई स्थगित गरेको छ ।
नयाँ मूल्य सूचिका सन्दर्भमा बाह्रबिसेका स्थानीयले चर्को विरोध गरेपछि सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ आज पूर्व निर्णयलाई स्थगन गरिएको सिन्धुपाल्चोक उद्योगवाणिज्य संघका प्रथम उपाध्यक्ष श्यामकृष्ण श्रेष्ठले सिन्धुज्वालालाई बताए । उनका अनुसार हिजो दिउसो जिल्ला प्रशासन कार्यालयका बसेको खाद्य आपुर्ति उपसमितिको वैठकले यस अघिको निर्णयलाई थाँती राखेको हो । प्रथम उपाध्यक्ष श्रेष्ठका अनुसार बाह्रबिसे नगरपालिकाले उद्योगवाणिज्य संघलाई खाद्यन्नको बजार मूल्य निर्धारण गर्न आग्रह गरेपछि उद्योगवाणिज्य संघमा आवद्व केही सदस्यहरुको बैठकले बाह्रबिसे बजारमा लक्षित गरी खाद्यन्नमा मूल्य सूचि निर्धारण गरेको थियो । त्यो सार्वजनिक भएसंगै बाह्रबिसेका स्थानीयले चर्को विरोध गरेपछि सिन्धुपाल्चोक उद्योगवाणिज्य संघलाई चौतफी दबाब परेको थियो । आगमी दिनमा अध्यक्ष सहितको सचिवालय बैठकले केही दिनमै बैठक बसेर नयाँ मूल्यसूचि निर्धारण गरिने प्रथम उपाध्यक्ष श्रेष्ठले जानकारी दिए । तर मूल्य सूचि स्थानीय व्यापारीहरुको काबुमा नभएको हुनाले घटबढ हुनसक्ने प्रथम उपाध्यक्ष श्रेष्ठको कथन छ । ‘बजारको अभाव अनुसार आज र भोलिनै मूल्य घटबढ हुनसक्छ, एकै किसिमको स्थिर मूल्य हुँदैन’, श्रेष्ठले सिन्धुज्वाला संघ भने । स्थिर मूल्य हुनपर्ने स्थानीयको दवाव आएसंगै स्थानीय साना व्यापारीहरु मर्कामा पर्ने गरेको उनको भनाई छ ।
विश्वा माहामारीको रुपमा कोरोनाको संत्रास आम सिन्धुबासीले भोगि रहेको सन्दर्भमा जनतालाई मर्का पर्ने गरी खाद्यन्नमा जथाभावी मूल्यसूचि बढाउने मनशाय सिन्धुपाल्चोक उद्योगवाणिज्य संघको नरहेको सिन्धुपाल्चोक उद्योगवाणिज्य संघका अध्यक्ष वेदबहादुर श्रेष्ठले स्पष्ट पारे ।
स्मरण रहोस बाह्रबिसे नगरपालिकाले कालोबजारी नियन्त्रन गर्न भन्दै खाद्यन्न मा मूल्यसूचि निर्धारण गर्न उद्योगवाणिज्य संघलाई आग्रह गरेको थियो ।
नगरको तर्फबाट बाह्रबिसे बजारमा उपयुक्त खाद्यन्नमा मूल्यसूची कायम गर्न सिन्धुपाल्चोक उद्योग वाणिज्य संघलाई आग्रह गरेपनि उपभोक्तालाई नै मर्का पर्ने गरी निर्धारण गरिएको मूल्यसूुचि उपयुक्त नदेखिएको बाह्रबिसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले सिन्धुज्वालालाई बताए ।
यस्तो थियो उद्योगवाणिज्य संघले जारी गरेको मूल्यसूचि