मेलम्ची नगरपालिकाले गरेको दु्रत परिक्षणमा सबै नेगेटिभ

सविना भण्डारी
बैशाख ४, मेलम्ची (सिन्धुपाल्चोक) । मेलम्ची नगरपालिकाले वैदेशिक रोजगारीबाट फर्किएका नागरिकलाई कोभिड–१९ भए नभएको गरिएको दु्रत परिक्षणमा सबै नेगेटिभ देखिएको छ ।
नगरले तीन क्षेत्रमा गरेको दु्रत परिक्षण (¥यापिट टेष्ट) मा सबै रिपोर्ट नेगेटिभ आएको नगर प्रमुख डम्बर अर्यालले जानकारी दिए । उनका अनुसार बिहिबार मेलम्चीमा १९ जनामा परिक्षण गरिएको थियो । यस अघि नगरकै पहलमा बाहुनेपाटी स्वास्थ्य केन्द्रमा ९ जना र भाोटेचौर स्वास्थ्य चौकीमा ९ जनलाई परिक्षण गरिएको थियो । मेलम्ची नगरपालिकाको वडा नम्बर ११ मा रहेको हिमालय रिसोर्टमा निर्मित क्वारेन्टाइनमा राखिएका १९ जनामा कोरोना भाइरस (कोभिड १९) परीक्षण गरिएको हो । मेलम्चीमा गरिएको परिक्षणमा ४ जना महिला र १५ जना पुरुषमा कोरोना परिक्षण गरिएको नगर प्रमुख अर्यालले जानकारी दिए ।