चुल्है बाल्न मुश्किल परेका जनतालाई खाद्यन्न वितरण

रबिन राई (दनुवार)
बैशाख ४, मण्डनदेउपुर (काभ्रे ) । जिल्लाको मण्डनदेउपुर नगरपालिकाले लकडाउनको समयमा चुल्है बाल्न मुश्किल परेका सर्वसाधारण जनतालाई खाद्यन्न वितरण गरेको छ । सबै वडाहरुमा सो भभियान थालेको नगरपालिकाले बिहिबार वडा नम्बर ६ सिपाघाटमा वितरण गरिएको छ । उक्त खाद्यन्न सिपाघाट सामुदायिक बिपद तथा जलवायु उत्थानशिल समितिले वितरण गरेको हो । बजारमा रहेको ज्यालादारी गर्ने असहाय गरिब जनतालाई युवा समाजसेवी गणेश भण्डारी, समिति सचिव बालकृष्ण चौलागाई र समितिका सरोकारवालाहरुको नेतृत्वमा राहत वितरण गरिएको हो ।

सरकारले गरेको लकडाउनले गहिरो प्रभाव परेका ज्यालादारी गर्ने प्रत्यक्ष प्रभावित जनतालाई आवश्यक खाद्यान्न सामान जुटाउन नसक्नेलाई खाद्यन्न वितरण गरिएको सिपाघाट सामुदायिक बिपद तथा जलवायु उत्थानशिल समितिका सचिव बालकृष्ण चौलागाईंले जानकारी दिए ।
उनका अनुसार समितिले प्रत्येकलाई १० किलो चामल एक किलो दाल, एक प्याकेट नुन र एक लिटर तेल १८ घर परिवारलाई वितरण गरिएको हो । समितिले ज्यालादारी गर्ने मजदुरलाई राहत वितरण गरेपछि उनहिरु निकै खुशी भएका छन् । उनीहरुले खाद्यन्न वितरण गर्ने सिपाघाट सामुदायिक विपद तथा जलवायु उत्थानशिल समितिलाई धन्यवाद समेत दिए ।