गाउँपालिकाको एम्बुलेन्सले निमोनिया बिरामीलाई अस्पताल लैजान मानेन
रबिन (दनुवार)
बैशाख ५ इन्द्रावती गाउँपालिका (सिन्धुपाल्चोक)
सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिकामा रहेको एम्बुलेन्सहरुले सिकिस्त निमोनिया भएको बिरामीलाई अस्पताल लैजान अस्वीकार गरेका छन्।
निमोनियाको कारण सिकिस्त बनेको इन्द्रावती गाउँपालिका वडा नम्बर ७ पोखरेको गणेश रोक्कालाई भिम्टारको एम्बुलेन्स चालकले अस्पताल लैजान अस्वीकार गरेको हो।
गाउँपालिकाको तीन वटा एम्बुलेन्स मध्ये कुनै एम्बुलेन्सले पनि बिरामीलाई अस्पताल लैजान नमानेको भन्दै स्थानीयले आपत्ति जनाएका छन् ।
बिरामी रोक्काले क्यान्सरको कारण एउटा हात पनि गुमाइ सकेका थिए।
एम्बुलेन्स चालकले बिरामीलाई अस्पताल लैजान नमानेको इन्द्रावती गाउँपालिका वडा नम्बर ७ का वडा सदस्य तिलक रोक्काले बताए।
उनका अनुसार गाउँपालिकाले तीन वटा एम्बुलेन्स चालकलाई नै आवश्यक स्वास्थ सामग्री उपलब्ध गराउदा समेत एम्बुलेन्स चालकले अवज्ञा गरि बिरामी लैजान नमानेको उनले बताए।
इन्द्रावती गाउँपालिका प्रमुख बंशलाल तामाङले भने “बिरामीलाई अस्पताल लैजाने ब्यबस्था गरिदागरिदै स्थानीयले मोटरसाइकलमा बिरामी लगेछन्” भनेता पनि तीन घण्टा प्रयास गर्दा पनि एम्बुलेन्स आउने कुनै सङ्केत नदेखिए पछि मोटरसाइकलमा राखि बाध्य भएर बिरामी अस्पताल पुर्याउनु परेको राजकुमार बिशुन्केले बताए।