मण्डन देउपुरमा ६ जनामा कोरोना भाइरस परिक्षण सबैको रिपोर्ट नेगेटिभ

रबिन राई (दनुवार)
बैशाख ३ मण्डन देउपुर (काभ्रे)
काभ्रेपलान्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिकामा कोरोना भाइरस अर्थात् ९कोभिड १९०परिक्षण सुरु गरिएको छ।
आज मण्डन देउपुर नगरपालिका वडा नम्बर ६ मा रहेको महादेव प्रा।वि। मा निर्मित क्वारेन्टाइनमा राखिएको ६ जनामा कोरोना भाइरस परिक्षण गरिएको हो।
क्वारेन्टाइनमा राखिएको ६ जनाकै कोरोना भाइरस परिक्षण रिपोर्ट नेगेटिभ आएको मण्डनदेउपुर नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष डिल्ली प्रसाद आचार्यले बताए।
बिशेष गरि ४० देखि ५१ बर्ष सम्मको मानिसलाई कोरोना भाइरस कोभिड १९ परिक्षण गरिएको अध्यक्ष आचार्यले बताए।
हिजो बैशाख २ गते १७ जनामा कोरोना भाइरस परिक्षण गरेकोमा १६ जनाको रिपोर्ट नेगेटिभ र एक जनाको रिपोर्ट सङ्कास्मत भएकोले रिपोर्ट स्प्रस्ट नभएकोले तुरुन्तै स्वाब परिक्षण गर्न धुलिखेल लागिएको हो। रिपोर्ट आउन ढिलो भएकोले विभिन्न मिडियाले सत्य तथ्य नबुझी अनावश्यक भ्रम फैलाउने काम भएकोले अनावश्यक भ्रम नफैलाउ रिपोर्ट आउन बाकि छ। अध्यक्ष आचार्यले बताए ।
यस्तो छ पालिकाले निकाले वक्तव्य