मेलम्ची नगरपालिका र्या्पिड डाइग्नोष्टिक टेष्टको तयारीमा

रबिन राई (दनुवार) बैशाख २ मेलम्ची( सिन्धुपाल्चोक ) सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका र्या्पिड डाइनोष्टिक टेष्टको तयारीमा रहेको छ। बिश्वब्यापी रूपमा फैलिएर रहेको कोरोना भाइरस (कोभिड १९ ) रोग परिक्षणका लागि नगरपालिकाले र्या्पिड टेष्टको तयारी गरेको हो। नगर भित्र रहेको प्रत्येक वडामा स्थिति स्वास्थ्य चौकीमा बिशेषगरि बिदेश बाट आएको क्वारेन्टाइनमा राखिएको मानिसहरूलाई र्या्पिड डाइग्नोष्टिक टेष्ट गरिने मेलम्ची नगरपालिका प्रमुख डम्बर अर्यालले जननकारि दिए। एक देखि तीन नम्बर वडा सम्म आज र १२, १३,५ नम्बर बडामा भोलि र बाकि रहेको वडामा पाँच गतेसम्म र्या्पिड डाइग्नोष्टिक टेष्ट गरि सक्ने नगर प्रमुख अर्यालले बताए।