चौतारा साँगाचोक गढी नगरपालिकाले नयाँ प्रविधिबाट कोरोना परिक्षण सुरु गर्याे

चौतारा साँगाचोक गढी नगरपालिकाले नयाँ प्रविधिबाट कोरोना परिक्षण सुरु गरेको छ।
नगरपालिकाले कोरोना रोग पत्ता लगाउने द्रुत परिक्षण टेस्ट किट (Rapid Diagnostic Test- RDT) को प्रयोग गर्दै आज चौतारा साँगाचोक गढी नगरपालिका ६, पिपलडाँडा,गिदाने का ११ जना र मेलचौर स्थित क्वारेन्टाइनमा बसिरहेका ५ जनाको स्वास्थ्य परिक्षण गरेको छ। परिक्षण गरिएका सबैजनाको रिपोर्ट नेगेटिभ आएको छ।
बिदेश बाट आएका स्थानीयहरुको परिवारका सबै सदस्यहरुको उक्त परिक्षण चौतारा अस्पतालका मेडिकल अधिकृत निष्चल बोगटी र
ल्याब टेक्निसियन अबनिश कुमार ठाकुरले गर्नुभएको थियो ।
बिदेशबाट यस नगरपालिकाको बिबिन्न स्थानमा आइ बसोबास गरिरहेका सबैको यसैगरी परिक्षण गरिने मेयर अमानसिङ तामाङले जानकारी दिए ।