स्वास्थ्य सामग्री वितरणमा प्रभावकारी बनाउदै बाह्रबिसे नगरपालिका

चौत्र २६, बाह्रबिसे (सिन्धुपाल्चोक) । बाह्रबिसे नगरपालिकाले कोरोना रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य सामग्री वितरणमा अब्बल देखिएको छ । आफ्ना नगरभित्रका स्वास्थ्यचौकी तथा वडाहरुमा स्वास्थ्य सामग्री वितरणमा तिव्रता दिईएको हो ।
बाह्रबिसे नगरपालिकाको सबै स्वास्थचौकी तथा वडाहरुमा बुधबार दोश्रोपटक स्वास्थ्य सामग्री वितरण गरिएको बाह्रबिसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले सिन्धुज्वालई बताए । स्वास्थ्य सामग्री लिएर नगर प्रमुख शेर्पा, उपप्रमुख शुशिला पाख्रिन र प्रमुख प्रशासकीय अधिकृत फणिन्द्र पौडेल पुगेका थिए । नगरप्रमुख शेर्पाका अनुसार नगरका सबै स्वास्थ्य संस्था तथा वडाहरुमा स्वास्थ्यकर्मीहरुले प्रयोग गर्ने सेफ्टी ज्याकेट, सर्जिकल माक्स लगायत आवश्यक सामग्री हस्तान्तरण गरिएको हो ।

नगरपालिकाले ११ वटा स्वास्थ्य संस्था तथा ९ वटा वडाहरुमा पिपिई (सेफ्टी ज्याकेट) तथा सर्जिककल माक्स वितरण गरिएको थियो । त्यस्तै प्रत्येक वडाहरुमा ७ सय का दरले माक्स तथा सर्जिकल ग्लोल्भस ५ हजार वितरण गरिएको थियो ।

माहामारीको सम्भावित जोखिमबाट बच्न जनतालाई कुनै समस्या आए आफु जस्तो सुकै चुनौति मोलेर भएपनि सहयोग गर्न तत्पर रहेको उनले बताए । नगरपालिकाले बिरामीको लागि जुनसुकै बेला एम्बुलेन्सको व्यवस्था गरिएको उनले बताए । नगरको पहलमा प्रथमिक स्वास्थ केन्द्र बाह्रबिसेमा उपचार गर्न क्वारेन्टाइन तथा आइसुलेसन वार्ड समेत निर्माण गरिएको उनले बताए ।
यसैगरी नगरपालिकाकी उप प्रमुख शुशिला पाख्रिनले आफु स्वस्थ कर्मी लिएर गाउँ–गाउँ सर्वसाधरणको स्वास्थ परिक्षण अभियानमा खटिएको बताईएको बताईन ।