सुनमायालाई कोरोना संक्रमण नभएको पुष्टि

सुनमायालाई कोरोना संक्रमण नभएको पुष्टि
चैत्र २६, चौतारा (सिन्धुपाल्चोक) । जिल्ला सदरमुकाम चौतारामा आइसोलेसन वार्डमा भर्ना भएकी लिसंखुपार गाउँपालिका–७ की सुनमाया तामाङलाई कोराना भाईरस (कोभिड–१९) को संक्रमण नभएको पुष्टि भएको छ । आइसोलेसन वार्डमा आईतबार भर्ना भएकी सुनमायाको स्वाव परिक्षणमा संक्रमण नदेखिएको चौतारा अस्पतालले पुष्टि गरेको छ । आज चौतारा अस्पतालले प्रेस विज्ञप्ति नै जारी गरेर कोरोनाको संक्रमण नदेखिएको पुष्टी गरेको हो । चौतारा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अमित प्रजापतिद्वारा हस्ताक्षेरित प्रेस विज्ञप्तिमा उल्लेख गरिए अनुसार ४० वर्षीय सुनमायाको स्वाव परिक्षणको लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाईएकोमा रिपोर्टमा महिलामा संक्रमण नभएको अर्थात नेगेटिभ देखिएको हो । यो संगै सिन्धुपाल्चोकमा आइसोलेसनमा राखिएका चार जनाकै रिपोर्ट नेगेटिभ आएको जिल्ला जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
यस्तो छ प्रेस विज्ञप्ति