माहामारी रोक्न सिन्धु नेकपाको नयाँ रणनीति, नेता कार्यकार्तालाई गाउँ फर्क अभियान

दिनेश दुलाल
२६ चैत्र, २०७६ बुधबार
चौतारा (सिन्धुपाल्चोक) नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला समिति सिन्धुपाल्चोकले कोभिड–१९ (कोरोना भाईरस) को महामारी रोक्न नयाँ रणनीति अघि सारेको छ । विश्वव्यापी रूपमा फैलिरहेको कोरोना भाईरस नेपालमा समेत संक्रमण बढ्ने खतरा देखिएको भन्दै हिजो बसेको सिन्धु नेकपा कार्यालयको बैठकले कोरोना भाईरसको रोकथाम तथा नागरिकहरुमा संक्रमण फैलन नदिन जिल्ला स्थित पार्टीका नेता तथा कार्यकर्तालाई परिचालन गर्न लागिएको सो पार्टीले जनाएको छ । काठमाडौंमा रहेका जिल्लाका नेता कार्यकर्तालाई गाउँ फर्कन निर्देशन दिएको सो पार्टीले पार्टीको कार्यक्रमलाई प्रभावकारी बनाउन कार्यादल समेत निर्माण गरेको जिल्ला अध्यक्ष झम्क नेपालले जानकारी दिए । जिल्ला पार्टी अध्यक्ष नेपाल संयोजक रहेको उक्त कार्यदलको अन्य सदस्यहरुमा जिल्ला सचिव दावा तामाङ, झम्क पराजुली, केदार क्षेत्री र कृष्णगोपाल तामाङ रहेका छन् । पार्टी अध्यक्ष नेपालका अनुसार बैठकले पालिका स्तरमा कोरोना भाईरसका विरुद्व कार्यक्रम तय गरी स्थानीय सरकार मार्फत निर्णय गराई कार्यान्यवनका निम्ति कार्यकर्तालाई परिचालन गर्ने, जिल्लाबाट राष्ट्रिय तथा प्रतिनिधिसभा, प्रतिनिधिसभा र प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसदहरुले आईसुलेसन वार्डहरुमा आवश्यक सामग्री व्यवस्था मिलाउने निर्णय गरेको छ । त्यस्तै कोरोना भाईरसको संक्रमणलाई नियन्त्रण तथा रोकथाम गर्ने नियन्त्रणलाई व्यवस्थित र प्रभावकारी तुल्याउन जिल्लाका १२ पालिकाहरुमा कार्यदल समेत निमार्ण गरेको उनले बताए । त्यस्तै प्रत्येक पालिकाहरुमा युवासंघ, अनेरास्ववियु लगाएत जनवर्गीय संगठनहरुलाई समेत परिचालन गरिने सो पार्टीले जनाएको छ ।
त्यसैगरी पार्टीले बजार क्षेत्र र गाउँ–गाउँमा अनवश्यक भिड जम्मा हुने तथा मदिरा सेवनलाई निरुत्साहित गरिने, विदेशबाट आएकाहरुको पहिचान गरि क्वाराईन्टाईन बस्न अभिप्रेरित गर्ने, नेपाल सरकारले जारी गरेको जनहितमा आधारित लकडाउनलाई पूर्ण रुपमा पालना गर्न नागरिकलाई अनुरोध गर्ने र लकडाउनको समयमा देखिएका कृत्रिम अभाव, मूल्यवृद्वि हुन नदिने समेत निर्णय गरेको छ ।
त्यस्तै सत्यतथ्यमा आधारित सूचना तथा समाचार सम्प्रेषित गर्न प्रेस संगठनले भूमिका निर्वाहा गर्न पार्टीले निर्देशन समेत दिएको छ ।
यसैगरी पार्टीको समग्र कार्ययोजनाको कार्यन्वयन पक्षलाई प्रभावकारी तुल्याउन जिल्ला ईन्चार्ज कृष्णप्रसाद सापकोटाको संयोजकत्वमा शेरबहादुर तामाङ, माधव सापकोटा, युवराज दुलाल, सुधाष कर्माचार्य र सरेश नेपाल सहितको ६ सदस्यीय अनुगमन तथा मूल्याङ्कन समिति निर्माण गरिएको सो पार्टीले जनाएको छ ।
यसैबीच मंगलबार नै सिन्धु नेकपाले सिन्धुवासीको नाममा एक अपिल पत्र जारी छ । यस्तो छ पार्टीले जारी गरेको अपिल पत्र–